१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले हराएको छ । बुधबार राति भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई हराएको हो । लियोनल मेस्सीले खेलको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान राखेका छन् ।

यो संगै गएरातीको खेलमा बार्साले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो । अर्तुरो भिडालको पासलाई असस्टि गर्दै मेस्सीले गोल गरेका थिए । तर खेलको ५० औ मिनेटमा जान बोरिलले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । तर खेलमो ५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाति गोलमा बार्सिलोना २–१ ले अघि बढ्न सक्यो र जित आफ्नो टिमलाई दिलायो ।

स्पेनिस लिगका शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार छैटौ जित निकाल्न सफल भएको छ । समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ । स्लाभिया १ अंक सहित तालिकाको पुछारमा छ ।