१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो



अ+ अ-

काठमाडौं । एल क्लासिको अन्तर्गत पहिलो लेगको खेलका लागि घोषणा गरिएको डिसेम्बर १८ को नयाँ मिति विवादित बनेको छ । डिसेम्बर १८ मा घोषणा गरिएको स्पेनिस लिग अन्तर्गत बार्सिलोना र रियल मड्रिडबीचको खेल घोषित नयाँ मितिमा ला लिगाले असहमती जनाएपछि विवादित बन्न पुगेको हो ।

स्पेनिस फुटबल महासंघले घोषणा गरेको डिसेम्बर १८ को नयाँ मितिमा पहिलो लेगको एल क्लासिको गर्न नसक्ने ला लिगाले जनाएको छ । ला लिगाले स्पेनिस फुटबल महासंघको निर्णयविरुद्व न्यायिक उपचार खोज्ने समेत खुलाएको छ । तालिका अनुसार अक्टोबर २६ मा क्याप नाउमा पहिलो लेगको खेल तय थियो ।

तर राजनीतिक अस्थिरताको कारण देखाउँदै ला लिगाले रियल मड्रिडको मैदानमा पहिलो लेगको खेल सार्न प्रस्ताव गरेको थियो । स्पेनिस महासंघ र दुवै क्लब डिफेम्बर १८ मा पहिलो लेग गर्ने बिषयमा सहमती नजिक पुगेका थिए । तर ला लिगाले डिसेम्बर ७ का लागि छलफल गरिरहेको थियो ।

सोही हप्ता रियल मड्रिड र स्प्यानियोल तथा बार्सिलोना र माकोर्लाबीचको खेल तय छ । जुन खेल डिसेम्बर ४ मा खेलिनेछ । तर अधिकतम टिभीमा प्रर्दशन गर्न ला लिगाले बिदाको दिन प्रस्ताव गरेको छ ।