९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

डोजर आतंकले गाउँ नै विस्थापित हुँदै

डोजर आतंकले गाउँ नै विस्थापित हुँदै
अ अ+ अ-

हेटौँडा । धादिङको धुनीवेशी नगरपालिका–६ नौविसे खत्रीगाउँका सन्तोष खत्रीको घर पहिरो खसेर क्षति पुर्‍यायो। असार २७ गतेदेखि २ दिन परेको अविरल वर्षापछि आएको पहिरोले घर अगाडिको जग्गा पनि कटान गर्‍यो। पहिरोको जोखिमका कारण परिवार र घरका सामान सुरक्षित स्थानमा सारे। यसरी उनी विस्थापित हुनुको मुख्य कारण हो, डोजर प्रयोग गरी जथाभावी खनिएका ग्रामिण सडक ।

६ महिनाअघि २२० केभीए विद्युत् प्रशारण लाइन बनाउने बेलामा आवश्यक नभएको ठाउँमा स्थानीय ठेकेदारको ब्यक्तिगत स्वार्थका कारण स्काभेटर प्रयोग गरी सडक खन्ने क्रममा जमिन क्षतविक्षत बनाएपछि आकाशे पानीले नै खत्रीको घर परिवार उठिबास बनाएको हो। बाटो बनाउने क्रममा नालामा बग्ने पानी आफ्नो जग्गातर्फ कटाइदिएको र बाटो खन्दा माटोले जग्गा पुरिएको भन्दै गल्छी गाउँपालिका–६ का शिवप्रसाद अधिकारीले पालिकामा पटक–पटक गुनासो गरे। उनको गुनासो सुनुवाइ नभएकाले उनी विस्थापित हुन वाध्य भए ।

प्राविधिकको अनुगमन र मुल्यांकन विना ठेकेदार र जनप्रतिनिधिको व्यक्तिगत स्वार्थमा कतिपय बाटो खनिएकाले विवाद र समस्या पनि आइरहेको छ। विकासको नाममा जनताले समस्या र पीडा भोग्नु परेको छ। वातावरणीय असरको मुल्यांकन बजेट छुट्याउने र डोजर चलाउने परिपाटी बढ्दै गएको छ। विकास निर्माणभन्दा बाटो बनाउने काममा डोजरवालाबाट कमिसन लिन पाइने भएकाले पनि व्यक्तिगत स्वार्थमा जनप्रतिनिधिले जथाभावी बाटो बनाउने गरेको स्थानीयको गुनासो छ ।

डोजर देख्दा तर्सिन्छन् गाउँले मकवानपुरको पश्चिमी बिकट राक्सिराङ गाउँपालिका–७ काङ्बाङस्थित दलबहादुर चेपाङले दुई दिनसम्म घरमाथिबाट सडक खन्न दिएनन्। तर जनप्रतिनिधि र ठेकेदारले घरमाथिबाट सडक खन्दा गाढी आउने र जमिनको मुल्य बढ्ने बताएपछि आफ्नो बारीमा सडक खन्न दिए। तर सोही सडकका कारण २०७६ सालको वर्षामा उनी आफ्नो थातथलो छाड्न बाध्य भए ।

जर्बजस्ती घरमाथिबाट खनिएको सडकले उनी घरबार विहिन बनेका हुन्। पछिल्लो समय ४ पाता जस्ताले छाएको टहरोमा बस्दै आएका उनको ६ जनाको परिवार एक किलोमिटर पर खोरिया बारी कमाउँदै जंगलमा बस्न बाध्य भएका छन्। हिउँदको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डाराबाट करिब चार घण्टाको मोटरयात्रामा पुगिने काङबाङ गाउँमा एक दर्जन परिवार सडकले निम्त्याएको पहिरोको जोखिममा परेका छन् ।

‘गाउँमा सधैं डोजरमै बसेर सडक बनाएको हेर्न सकिँदैन। डोजर चालकले जता बाटो लग्यो त्यतै जान्छ’, वडानम्बर ७ का वडाध्यक्ष कुलबहादुर चेपाङले भने, ‘नचाहँदा नचाहँदै पनि सडकले खुशीसँगै दुख पनि दिएको छ ।’ पहिरोको जोखिममा नेपालकै दोस्रो स्थानमा पर्ने मकवानपुरको पश्चिमी क्षेत्रमा जथाभावी डोजर चलाउँदा दर्जनौं गाउँ बिस्थापित हुने अवस्थामा पुगेको छ। ‘ठेकेदार र जनप्रतिनिधिको स्वार्थमा बढी डोजर चलाउने गरिएको छ’, मकवानपुरको कैलाश ८ का स्थानीय नरेन्द्र तामाङले भने, ‘अहिले त विकास भयो भनेर खुसी हुनुभन्दा पनि डोजर देखेर गाउँले नै त्रसित हुनुपर्ने अवस्था आएको छ ।’

गाउँ जोखिममा जोडर चालक नै इन्जिनियर बनेर बाटो खन्दा भुम्लु गाउँपालिका वडा नम्बर १० को ३० घर परिवार पहिरोको उच्च जोखिाममा परेका छन्। ०७५÷७६ को अन्तिममा खनिएको उक्त सडकबाट पहिरो बग्न थालेपछि वर्षाको समयमा स्थानीयवासी गाउँ छाडेर अन्यत्र बस्न बाध्य भए। काभ्रेकै कोशी पारी चौरी देउराली गाउँपालिकाका अधिकांस सडक जनताको सुविधालाई नहेरी जनप्रतिनिधि र ठेकेदारको चाहनामा खनिएका छन्। मनपरी चलाइएको डोजरका कारण गत वर्षामा दुई घर पहिरोमा पुरिएको थियो। डोजर आतंकबाट स्थानीय त्रसित छन् ।

हिउँदमा जथाभावी खनिएको सडक वर्षातको समयमा प्रायः बन्द हुन्छ। तापनि यो वर्ष काभ्रेका स्थानीय तहमा सडक निर्माण पहिलो प्राथमिकतामा छ। जोखिम जति निम्त्याए पनि प्राविधिक अनुगमन र मुल्यांकनमा ध्यान दिइएको छैन। सडक बन्नु राम्रो कुरा हो तर प्रकृया र अनुगमनविना खनिएटा ग्रामिण सडकले विकास र सुविधाभन्दा पीडा बढी दिने गरेको छ। यो पक्षलाई सच्याउन स्थानीयको माग छ । अन्नपुर्णपोष्ट दैनिकबाट