३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन



अ+ अ-

काठमाडाैँ । भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवनको औपचारिक उद्घाटन गरिएको छ ।

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले एक विशेष समारोहका बीच उक्त भवनको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण गरिएको यो दुई तले छात्रावास भवनमा चारवटा ब्लक र अन्य सम्बद्ध संरचनाहरू रहेका छन् । यस परियोजनाको कार्यान्वयन लोमन्थाङ गाउँपालिका मार्फत गरिएको हो ।

लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले यस क्षेत्रको स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बौद्ध शिक्षाका साथै यस विद्यालयले नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम अनुरूपको गुणस्तरीय शिक्षा समेत प्रदान गर्दै आएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदुत नवीन श्रीवास्तवले परियोजनासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले साझा विकास र समृद्धिका लक्ष्यहरू हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता दोहो¥याउनु भयो । सो अवसरमा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्नुभयो। नयाँ पूर्वाधारले विद्यालयको आवास सुविधा सुदृढ बनाउनुका साथै सिकाइ वातावरणमा समेत सुधार ल्याउने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो ।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत हालसम्म नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लालाई समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू अगाडि बढाइसकेको छ । जसमध्ये गण्डकी प्रदेशमा ६३ वटा परियोजनाहरू रहेका छन् भने मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजनाहरू सञ्चालित छन् ।

यसबाहेक, भारतले मुस्ताङमा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बससहित गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई कुल १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । निकटतम छिमेकीका रूपमा नेपाल र भारतबीच बहुआयामिक सहकार्य रहँदै आएको छ। यस किसिमका विकास परियोजनाहरूको सफल कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकास र समृद्धिको लक्ष्यलाई थप बल पु¥याउनुका साथै दुई देशबीचको निरन्तर सहयोग र मैत्रीपूर्ण सम्बन्धलाई प्रतिविम्वित गरेको छ ।