२ असार २०८३, मंगलवार
,
Latest
ग्यालरी बैठक भवनलाई सांस्कृतिक र पुरातात्विक स्वरूपमै पुनर्निर्माण गरिनुपर्छः सांसदहरू राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न ४ करोड बजेट विनियोजन सांसद भट्टराईले कारको झ्यालबाट शरीर निकालेकाे भिडियो भाइरल, असुरक्षित यात्रा गरेको भन्दै कारबाहीको माग सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर भएनः सभापति गजुरेल संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपसमितिको कार्यक्षेत्रबारे छलफल मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ मन्त्रीको अभिव्यक्ति कानूनी शासन विपरितः सांसद थापा दलहरू आन्तरिक विवादमा केन्द्रित हुँदा राष्ट्रिय सरोकार उपेक्षित भएको ज्ञवालीको भनाइ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घद्वारा अमेरिका–इरान सम्झौताको स्वागत



अ+ अ-

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष एनालेना बारबकले सोमबार संयुक्त राज्य अमेरिका र इरान बीच भएकोे सम्झौताको घोषणालाई स्वागत गर्नु भएको छ ।

संयुक्त राज्य अमेरिका र इरानले लामो समयको युद्ध पछि समझदारीमा आएर गरेको सहमती घोषणालाई महासभाका अध्यक्ष र महासचिवले स्वागत गर्दै विज्ञप्ति जारी गरेको जनाइएको छ ।

द्धिदेशिय युद्धमन कारण हजारौं नागरिकहरूको मृत्यु नागरिक पूर्वाधारको विनाश, स्ट्रेट अफ होर्मुजमा अवरोध क्षेत्रिय अस्थिरता र विश्वव्यापी आर्थिक उथलपुथल निम्त्याएको थियो भने यो समझदारीसँगै युद्ध अन्त्य भई दिगो शान्ति कायम हुने अपेक्षा गरिएको छ ।

समझदारीको लागि मध्यस्थकर्ताहरूलाई धन्यवाद दिँदै उहाँहरुले लेबनान लगायत सबै पक्षहरूलाई तत्काल र स्थायी युद्धविरामको पूर्ण पालना गर्न र संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप सबै विवादहरूको कूटनीतिक समाधान खोज्न यो अवसरको उपयोग गर्न आह्वान गर्नु भएको छ ।

मध्यपूर्वमा स्थायी शान्ति ल्याउने, यस क्षेत्रका सबै देश र जनताको सुरक्षा सुनिश्चित गरी निर्दोष नागरिकहरूको पीडा अन्त्य गर्ने यो एक मात्र तरिका भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




भर्खरै