३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन



अ+ अ-

काठमाडाैँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु भएपछि सेवा लिन आउने सेवाग्राही खुसी भएका छन् । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा सुरेश रसाइलीले युरोलोजी सेवा स्थानीयस्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुसी भएको बताउनुभयो ।

यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ ।

प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा सुशील खनियाँको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया अहिले सञ्चालनमा ल्याएपछि सेवाग्राही सन्तुष्ट भएका हुन् ।

हाल ओपिडी सेवामार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन् । प्रतिष्ठानको तथ्याङ्कअनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागबाट ११३ जना बिरामीको सफल शल्यक्रियासमेत भएको छ ।

सोही अवधिमा युरोलोजीतर्फ ५०५ जना बिरामीले ओपिडी सेवा पाएको डा खनियाँले बताउनुभयो । युरोलोजी सेवाअन्तर्गत भर्ना गरेर ६१ जना बिरामीको उपचार गरिएको छ ।