३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन



अ+ अ-

काठमाडाैँ । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका लागि नीति निर्माणसँगै विपद् कोष सञ्चालन गरेका छन् ।

विपद् कोषमा, नेपालगन्ज उपमहानगरपालिकाले रु एक करोड २८ लाख कोहलपुर नगरपालिकाले रु १३ लाख ८२ हजार, बैजनाथ गाउँपालिकाले रु ८१ लाख १० हजार, जानकी गाउँपालिकाले रु १२ लाख ५८ हजार, डुडुवा गाउँपालिकाले रु १० लाख, राप्तीसोनारी गाउँपालिकाले रु दुई लाख ७३ हजार, नरैनापुर गाउँपालिकाले कोषमा रु पाँच लाख जम्मा गरेका छन् ।

स्थानीय तहले सम्भावित विपद्को पूर्वानुमान गर्दै विपद् कोष सञ्चालन गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले बताउनुभयो । नरैनापुर गाउँपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विनोद चौधरीले नरैनापुरमा पटक पटक आगलागी र डुबानको समस्या हुने गरेको बताउनुभयो ।

बाँकेमा विपद् पूर्वतयारीका लागि आवश्यक सामाग्री भण्डारण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले, बाँकेले जनाएको छ । बाढी वा आगलागीका घटनामा परेकालाई उद्धारका लागि आठ स्थानीय तहमा १९ हेलिप्याड, १२ रबरबोटसहितका जनशक्ति राखिएको छ ।