१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश जान छाडेर च्याउ खेतीमा रमाउदै युवा



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहनुभएको छ ।

यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहनुभएका उहाँ त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख हुनुभएको हो । “म विद्यार्थी मान्छे, अध्ययन सकेपछि केही काम नपाएर विदेश जाने भनेर राहदानी बनाएर मेनपावर धाउने र कामको खोजीमा थिएँ ।” उहाँले भन्नुभयो, “त्यही बेला छिन्ताङ दाईसँग भेटभएपछि विदेश जानुभन्दा यहीँ मिलेर लगानी गरी केही काम गरौं भन्नुभएकाले विदेशिने सोच त्यागेर च्याउखेतीमा लागिरहेको छु ।” विविएस तह उत्तीर्णसमशेर विदेशिने सोच त्यागेर अहिले सामूहिक खेतीमा लागिरहनुभएको छ ।

उहाँसँगै हिजो युद्धका बेला गाउँ–गाउँमा पुगेर देशको व्यवस्था बदल्न जनतालाई राजनीतिक प्रशिक्षण दिँदै हिँड्नुभएका मीना पाख्रिनलाई पनि यतिबेला पनौती नगरपालिका–८ नयाँबस्ती बगरमा प्लास्टिकको टहराभित्रको सानो घरमा च्याउ टिप्न भ्याइनभ्याइ छ । पार्टीको पूर्णकालीन कार्यकर्ता खानीखोला गाउँपालिका–२ घर निवासी पाख्रिनले घरपरिवार त्यागेर युद्धमा होमिएकामा अहिले देशको राजनीतिक व्यवस्थाले कोल्टेफेरेपछि आर्थिक समृद्धिको बाटोमा लागेको बताउनुभयो ।

मान्छे परिस्थितिअनुसार हिँड्न र जिउन सिक्नुपर्ने उहाँको भनाइ थियो । विसं २०५५ देखि जनयुद्धमा लागेर राजनीतिक जीवन शुरु गर्नुभएका उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला सह–सेक्रेटरी र कोषाध्यक्ष हुँदै काभ्रेपलाञ्चोक जिल्ला कमिटी सदस्य र अहिले नेकपाकाको जिल्ला सदस्य हुनुहुन्छ । पार्टीको जिम्मेवारीसँगै पछिल्लो समयमा तरकारीखेतीमा व्यस्त मीना हिजोआज च्याउ फलाएर बजार व्यवस्थापनको सोचमा हुनुहुन्छ ।
उहाँ विगत तीन वर्ष अघिदेखि आम्दानीको पाटोमा कृषि पेशालाई अगाल्दै अर्थोपार्जनमा लाग्नुभएको हो । अहिले उहाँ च्याउ उत्पादनमै केन्द्रित हुनुहुन्छ ।

करीब तीन रोपनी जग्गामा रू नौ लाखको लगानीमा मिलेर सञ्चालन गरेको खेतीमा जिम्मेवारीसमेत बाँडफाँड गरेर काम गरिरहनुभएको मीना टहरामा भएको च्याउ रेखदेख र फलेको च्याउन टिप्ने गर्नुहुन्छ, अर्का साझेदार समशेर प्राविधिक पाटोको काम गर्नुहुन्छ भने रिजन र रमेश उत्पादन भएको च्याउ बजारमा पु¥याउने गर्नुहुन्छ । एक महीना अगाडि शुरु गरिएको काम अहिले धमाधम उत्पादन भएर बिक्री हुन थालिसकेको छ ।
‘भर्खरै फल्न शुरु गरेको छ, अहिले दैनिक एउटै टनेलमा ७०÷८० केजी च्याउ उत्पादन भइरहेको छ ।’ मीनाले भन्नभुयो, “अबको केही दिनमा नै सबै टनेलमा च्याउ फल्न थालेपछि हजार केजीसम्म च्याउ फल्छ, एकैपटक त्यत्रो फलेपछि बजारीकरणका लागि समस्या हुनसक्ने भएकाले पनौती र बनेपाका जिल्लाको बजारमा मात्रै नभइ काठमाडौँको कालीमाटीसम्म लैजाने व्यवस्थाको लागि आवश्यक व्यवस्थापन गरिरहेका छौं ।”

“व्यावसायिक काममा लाग्दा राजनीतिमा पनि मद्दत पुगेको उहाँको भनाइ थियो । ‘साथीभाइसँगै मिलेर काम गरेका कारण पार्टीको काम हुँदा एकले अर्कोलाई जिम्मा दिएर जान पाउने भएकाले धेरै सहज भइरहेको छ ।” मीनाले भन्नुभयो, “पार्टीले पनि उत्पादनमा जोड दिने कार्यदिशा अगाडि सारेको र सरकारले पनि आर्थिक समृद्धिको नारालाई अगाडि सारेको अवस्थामा आफैँ पनि त्यसमा सहभागी हुनुपर्छ भन्ने लागेर कृषि पेशामा लागेको हू ।” उहाँहरुले ११ वटा टनेलमा दुई हजार सात सय वटा बल राखेर च्याउखेती गरिरहनुभएको छ ।