६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधी चितवनलाई



अ+ अ-

काठमाडौँ । वुमन्स च्याम्पियन्स लिग(डब्लूसीएल) क्रिकेटको उपाधि चितवन राइनोज वुमनले जितेको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको फाइनलमा चितवनले काठमाडौँलाई ४५ रनले हरायो।

पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १२ रन जोड्यो। काठमाडौँ निर्धारित २० ओभरमा ६७ रनमा सिमित भयो।

रितु कनौजिया र सुमन खतिवडाले तीन तीन विकेट लिए भने रेखा रावलले दुई विकेट लिइन्। रेखाले ४ ओभरमा एक मेडन राखेर ९ रन खर्चिइन्। रितुले ४ ओभरमा एक मेडन राखेर ७ रन खर्चिइन्। सुमनले चार ओभरमा एक मेडन राखेर ११ रन खर्चिइन्। त्यसअघि चितवनको पालीमा सुमन खतिवडाले २९, इन्दु वर्माले अविजित २२, कन्चन श्रेष्ठले १९ र काजल श्रेष्ठले २१ रन बनाए।