२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा नेपाल खस्कियो, पहिलो स्थानमा को ?



अ+ अ-

काठमाडौं । विश्व फुटबल वरियतामा नेपाल ६ स्थान तल झरेको छ। वरियतामा नेपाल १ सय ६७ औँ स्थानमा झरेको हो।

विश्वकप छनोटका खेलमा अस्ट्रेलियासँग ५–० ले जोर्डनसँग ३–० ले हारेपछि नेपालको वरियता खस्किएको हो।

नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्षमा रहेको भारत २ स्थान तल झरेर १ सय ६ औँ स्थानमा पुगेको छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५४ औं स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ। शीर्ष चारसम्म कुनै फेरबदल भएको छैन। छैठौँ स्थानमा रहेको उरुग्वे पाँचौँ स्थानमा र पाँचौँमा रहेको पोर्चुगल छैठौँ स्थानमा पुगेका छन्।