९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

आज कात्तिक ८ गत्ते कस्तो रहेको छ तपाईको आजको राशिफल जान्नुहोस् !

आज कात्तिक ८ गत्ते कस्तो रहेको छ तपाईको आजको राशिफल जान्नुहोस्  !
अ अ+ अ-

वि.सं. २०७६ कात्तिक ८। शुक्रबार। इ.स. २०१९ अक्टोबर २५। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। द्वादशी, १६ः३१ उप्रान्त त्रयोदशी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): समयमा लगनशील बन्न नसक्ता केही पछि परिएला। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। व्यवहारमा फाइदा लिनेहरूले अन्त्यमा धोका दिनेछन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बलभन्दा बुद्धिको उपयोगले धेरै फाइदा उठाउन सकिनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ): अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ): गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप बढ्नेछ भने चौपायामा केही समस्या देखिने समय छ। साँझतिर घरायसी समस्या देखापर्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अर्थ अभावले काम रोकिने सम्भावना छ। आत्मसम्मानमा चोट पुग्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा उठाउन सफल भइनेछ। सहयोगीहरूको साथ जुट्नेछ भने दिगो फाइदा हुने काम थालनी हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि बाधा पुर्याउनेछन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुस्ख पाइनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। साँझतिर वादविवादमा परिने योग भएकाले सजग रहनुपर्ला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ): परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। चिताएको काम बन्नेछ भने स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ): आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। लाभांश बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर अत्यधिक खर्च बढ्नाले आर्जित रकम सञ्चय गर्न नसकिएला। समयमा होस नपुर्याउँदा अर्थ अभावले सताउनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): केही अवरोध भए पनि प्रयत्न गर्दा कर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। प्रतिष्ठित काम शुभारम्भ गर्ने मौका छ। विशेष अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साँझतिर मनग्गे धनलाभ पनि हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ): श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। चुनौतीपूर्ण कामको दायित्व लिनाले केही समस्या आउन सक्छन्। अरूको मन जित्ने प्रयास गर्नुहोला, साँझदेखि पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। प्रयत्न गर्दा व्यापार बढ्नेछ भने श्रमको उपलब्धि हात पार्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ): काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। बाध्यताले अलमल्याउन सक्छ। हानि(नोक्सानी र चोटपटकको योग देखिएकाले अलि सजग रहनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ): हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले मात्र फाइदा उठाउन सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। अतिथिका रूपमा सम्मान पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। साँझतिर भने चोटपटकजस्ता आकस्मिक समस्याले सताउन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ): प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। साँझतिर रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। नेपाली पात्रो