६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेपेको दुई गोलमा आर्सनलको जित



अ+ अ-

युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल रह्यो । घरेलु मैदानमा आर्सनलले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । आर्सनलको जितमा निकोलस पेपेले दुई गोल गरेका थिए ।

ग्राबियल मार्टिनेलीले एक गोल थपे । भिक्टोरियाका मार्कुस एडवार्ड र ब्रुनो दुआर्टेले एक एक गोल गरे । खेलको आठौं मिनेटमा इमिरेट्स स्टेडियममा मार्कुसले गोल गर्दै भिक्टोरियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।खेलको ३६ औं मिनेटमा ब्रुनोले गोल गर्दै पुनः भिक्टोरियालाई २–१ को अग्रता दिलाएका थिए ।

त्यसपछि आर्सनलका लागि पेपे नायक बन्न सफल भए । खेलको इन्जुरी समयमा पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए । जितसँगै समूह एफ को आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।