२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेपेको दुई गोलमा आर्सनलको जित



अ+ अ-

युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल रह्यो । घरेलु मैदानमा आर्सनलले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । आर्सनलको जितमा निकोलस पेपेले दुई गोल गरेका थिए ।

ग्राबियल मार्टिनेलीले एक गोल थपे । भिक्टोरियाका मार्कुस एडवार्ड र ब्रुनो दुआर्टेले एक एक गोल गरे । खेलको आठौं मिनेटमा इमिरेट्स स्टेडियममा मार्कुसले गोल गर्दै भिक्टोरियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।खेलको ३६ औं मिनेटमा ब्रुनोले गोल गर्दै पुनः भिक्टोरियालाई २–१ को अग्रता दिलाएका थिए ।

त्यसपछि आर्सनलका लागि पेपे नायक बन्न सफल भए । खेलको इन्जुरी समयमा पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए । जितसँगै समूह एफ को आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।