६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर युनाइटेडको साँघुरो जित



अ+ अ-

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साँघुरो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले युनाइटेड हराउन सफल भयो ।

एन्थोनी मार्सियलले बेलग्रेडको मैदानमा युनाइटेडलाई जित दिलाउन निर्णायक गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा मार्सियलले पेनाल्टीमा गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको थियो ।

जितसँगै समूह ‘एल’ मा रहेको युनाइटेडले ३ खेलबाट ७ अंक जोड्न सफल भएको छ । युनाइटेड शीर्ष स्थानमा रहेको छ । पराजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।