१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानले धेरै माया गरेको भन्दै श्रीमतीले मागिन डिभोस



अ+ अ-

काठमाडौं । एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् ।

‘चिनी पनि धेरै खाए तितो हुन्छ’ यो भनाईलाई यसले पुष्टि गर्छ । एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन् । उनलाई श्रीमानको अत्यधिक माया पचेन । श्रीमानले विवाह गरेको एक वर्षमा कहिले पनि झगडा नगरेको, घरको काममा पनि सहयोग गर्ने उनको बानी देखेर उनलाई रिस उठेको बताइन् ।

‘उनले मलाई कहिले पनि चर्को आवाजमा बोलेनन्,’ उनले भनिन् । ‘मलाई उनको अत्यधिक माया र प्रेमले घाँटी अँठ्याएको जस्तो भयो । अझ उनले घरसमेत सफा गर्न सघाए ।’

‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए,’ उनले थपिन् । ‘मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ ।’

प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधिसको सामू आफूले कहिले पनि गलत नगरेको बताए । दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनले बताए । श्रीमतीलाई खुसी पार्ने आफ्नो उत्कट इच्छाले नै सम्बन्ध समाप्तिको बाटोमा लागेको जस्तो देखिन्छ ।

श्रीमतीलाई खुसी पार्न उनले निकै मेहनत गरेको श्रीमानले न्यायाधीससामू स्विकार गरे । एकपटक श्रीमतीले उनको तौल बढेको बताएपछि डाइटिङ र अत्यधिक व्यायाम गरेर तौल घटाएको बताए । यतिबेला उनको खुट्टासमेत भाँच्चिएको उनले बताए । उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन् ।

‘विवाहको पहिलो वर्षमा नै यसबारे निर्णय गर्नु गलत हो र सबैले आफ्नो गल्तीबाट सिक्छन्,’ ती युवकले भने । अदालतले यी दुई पक्षलाई मिलनका लागि एउटा मौका दिएको छ ।