• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

भाइटीकाको शुभ साइत ११:५५ उत्तम



काठमाडौं । हिन्दूहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहार शनिबारबाट सुरु भएको छ । शनिबार कागतिहारसँगै सुरु भएको तिहार आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्द्धन पूजा र मंगलबार भाइटीका गरेर समापन हुनेछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको साइत मंगलबार बिहान ११ः५५ मा उत्तम छ ।

उत्तम साइतबाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा। माधव भट्टराईले बताए । समितिले विभिन्न देशमा रहेका हिन्दूहरूका लागि फरक–फरक साइत निर्धारण गरेको जनाएको छ ।

तिहारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले शुभकामना व्यक्त गरेका छन् । वक्तव्य जारी गर्दै उनीहरूले यो पर्वले नेपालीबीच एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नयाँ पत्रिका दैनिकबाट