८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइटीकाको शुभ साइत ११:५५ उत्तम



अ+ अ-

काठमाडौं । हिन्दूहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहार शनिबारबाट सुरु भएको छ । शनिबार कागतिहारसँगै सुरु भएको तिहार आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्द्धन पूजा र मंगलबार भाइटीका गरेर समापन हुनेछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको साइत मंगलबार बिहान ११ः५५ मा उत्तम छ ।

उत्तम साइतबाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा। माधव भट्टराईले बताए । समितिले विभिन्न देशमा रहेका हिन्दूहरूका लागि फरक–फरक साइत निर्धारण गरेको जनाएको छ ।

तिहारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले शुभकामना व्यक्त गरेका छन् । वक्तव्य जारी गर्दै उनीहरूले यो पर्वले नेपालीबीच एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नयाँ पत्रिका दैनिकबाट