२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवान्डोस्कीको कीर्तिमान, बुण्डेस लिगमा लगातार गोल गर्ने पहिलो खेलाडी



अ+ अ-

रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगामा कीर्तिमानी गोल गरेका छन् । उनी बुण्डेस लिगमा सिजनका सुरुका ९ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

शनिबार राति भएको सिजनको नवौँ खेल अन्तर्गत बार्यन म्युनिखले युनियन बर्लिनलाई २–१ ले पराजित गरेको हो । यो खेलमा दोस्रो हाफको सुरु तिर लेवान्डोस्कीले बार्यनका लागि गोल गरेका थिए ।

पहिलो हाफमा टिमका लागि बेन्जामिन पावार्डले गोल गरको थिए । सेबास्टियन पोल्टरले बर्लिनका लागि एक गोल फर्काए । कीर्तिमान बनाएका लेवान्डोस्कीले यो सिजन सबै प्रयोगितामा गरेर १९ गोल गरिसकेका छन् । जित निकालेको बार्यन शीर्ष स्थानमा रहन सफल छ ।