३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

जाडो मौसममा खानुहोस् यि कुरा, जसले फाइदै-फाइदा

जाडो मौसममा खानुहोस् यि कुरा, जसले फाइदै-फाइदा
अ+ अ-

काठमाडौं । सखरखण्ड वनस्पतिको जरा हो, जुन ‘स्टार्च’ले भरिएको हुन्छ तथा स्वाद गुलियो हुन्छ । यसको बोक्रा पातलो र बाहिर खैरो वा हलुका कफी रङको हुन्छ र भित्र रातो रङको हुन्छ ।

यो विभिन्न रङको हुन्छ। यो कतै सुन्तला रङमा पाइन्छ भने कतै सेतो, बैजनी, पहेँलो वा नौनी ध्यू रङको पनि हुन्छ । नेपालमा कुनै भूभागमा यसलाई सखरखण्ड भनिन्छ भने कतै सुठुनी र तराईमा अलुवा पनि भनिन्छ । सखरखण्ड सफा गरेर बोक्रैसहित वा बोक्रा हटाएर काँचै वा उसिनेर वा पोलेर खान सकिन्छ । यसको पात पनि खान हुन्छ ।

सखरखण्डमा पाइने पोषक तत्व
सखरखण्ड फाइबर, भिटामिन बी र सीसँगै आइरन, क्याल्सियम, सेलेनियमजस्ता खनिजले भरिपूर्ण हुन्छ । यसबाहेक सखरखण्डमा बिटा–क्यारोटिन भन्ने पोषक तत्व प्रचूर मात्रामा पाइन्छ, जुन ‘एन्टिअक्सिडेन्ट’ हो । हामीले खाएको बिटा–क्यारोटिन शरीरमा भिटामिन एमा परिणत हुन्छ । ८० ग्राम सखरखण्डले नै हामीलाई पर्याप्त पोषण दिन्छ ।

के सखरखण्डले क्यान्सरको जोखिम घटाउँछ रुस् क्यान्सर लगायत अन्य रोगको जोखिम घटाउने कुनै एउटा विशेष खानेकुरा वा ‘सुपरफुड’ छैन । किनभने क्यान्सर हुने सम्भावन भोजनसँग गाँसिएको छैन । तर, हामीले स्वस्थकर र पोषणयुक्त भोजन गरे क्यान्सरको जोखिम घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।

फलफूल र सागसब्जीमा प्रचूर मात्रामा एन्टिअक्सिडेन्ट र ‘कम्पाउन्ड्स’ पाइन्छ, जसले हाम्रो शरीरलाई ‘फ्रि र्याडिकल’ले गर्ने हानीबाट बचाउँछ । विभिन्न अध्ययनले सखरखण्डको बोक्रामा पाइने दुर्लभ एन्टिअक्सिडेन्ट र विशेषगरी वैजनी रंगको सखरखण्डले शरीरमा हुने ‘अक्सिडेसन’ प्रक्रिया न्यून गर्ने भएकाले क्यान्सरको जोखिम घटाउन सघाउने देखाएका छन् ।

सखरखण्ड पाचनमा सहायकस् सखरखण्डमा पाइने अत्यधिक फाइबरले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्ने पोषणविद्हरू बताउँछन् । अहिलेसम्म जनावरमा मात्र अनुसन्धान गरिए पनि सखरखण्डमा पाइने ‘फाइटोस्टेरोल’ले पाचन प्रणालीको सुरक्षा गर्ने र पेटको तथा सानो आन्द्राको अल्सरबाट जोगाउन उपयोगी हुने संकेत पाइएको छ । स्वास्थ्य खबरका अनुसार यसले ‘इबुप्रोफिन’जस्ता एनएसएआइडिएस औषधिको प्रयोगबाट हुने नकारात्मक असरसमेत न्यून पार्छ ।

के सखरखण्डले टाइप टु मधुमेहबाट जोगाउन सहयोग गर्छ रुस् सखरखण्डले टाइप टु मधुमेह व्यवस्थापनमा सघाउने वा उपयोगी छ÷छैन भन्नेबारे अझै धेरै अनुसन्धान हुन बाँकी छ । तर, यसबारे भएका केही अनुसन्धानले भने सामान्य मात्रामा सखरखण्ड र यसका पातको उपयोगले टाइप टु मधुमेहका रोगीलाई रगतमा चिनीको मात्रा नियन्त्रणमा सघाउने देखाएका छन् ।

के सखरखण्डले आँखा स्वस्थ राख्छ रुस् जर्नल अफ फुड एन्ड न्युट्रिसन रिसर्चले गरेको एउटा अध्ययनले वैजनी रङको सखरखण्डमा मात्र पाइने ‘एन्थोसाइनिन’ नामको एन्टिअक्सिडेन्ट आँखाका लागि लाभदायक रहेको पत्ता लगाएको थियो । पकाउँदा सखरखण्डको पोषण कति घट्छ रुस् सखरखण्ड पकाएर खाँदा यसमा पाइने बिटा–क्यारोटिनको मात्रा घट्छ । उसिन्दा भने यसको बिटा–क्यारोटिनको मात्रा धेरै घट्दैन । तर, पकाउँदा यसमा पाइने भिटामिन सीको मात्रा भने वृद्धि हुन्छ ।