३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई

प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई
अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सभामुखलाई संसदको नियमावली र संविधानअनुसार आवश्यक रुलिङ गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संसद सञ्चालनका क्रममा संविधान र नियमावलीमा व्यवस्था भएका प्रावधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री पनि संसदकै सदस्य भएकाले सदनप्रति उत्तरदायी बन्नुपर्ने उहाँको भनाइ छ । राईले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, प्रधानमन्त्रीज्युलाई तपाईले रुलिङ गरेर ल्याउनुपर्छ । तपाईको रुलिङ उहाँले पनि मान्नुपर्छ । उहाँ पनि यही सभाको सदस्य हो । सदनलाई विधिको माध्यमबाट अनुरोध गरौँ भन्ने हाम्रो अनुरोध हो । हाम्रा नियमावलमिा भएका नियम, उपनियम र संविधानका धाराअनुसार चलौँ भन्ने हो । प्रधानमन्त्री सफल भएमात्रै यो सरकार सफल हुने हो । सरकार सफल हुँदा हामी सबै, यो देश पनि सफल हुने हो । त्यसकारण हामीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउनु नै पर्छ । प्रधानमन्त्री संसदभन्दा ठूलो होइन, संविधानको धारा र उपधाराभन्दा ठुलो हामी कोही पनि छैनौँ । भन्ने कुरालाई हेक्का राख्नुपर्छ भन्ने मेरो अनुरोध छ ।

सीमाको विषयमा प्रधानमन्त्रीले जे बोल्नुभयो गम्भीर आपत्तिजनक राष्ट्रिय गल्ती हो । तर यसतर्फ परराष्ट्र मन्त्रालयले समेत खासै चासो दिएको मैले देख्दिनँ ।

उहाँले सीमाको विषयमा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल