६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र क्रिष्टल प्यालेस बराबरीमा रोकियो



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग आर्सनल २-२ गोलको बराबरीमा रोकिएको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि खेलको सातौं मिनेटमा सोक्राटिसले गोल गरेका थिए । डेभिड लुइजको खेलको नवौं मिनेटमा गरेको गोलबाट आर्सनलले २-० को अग्रता बनायो । तर, आर्सनलले त्यसलाई स्थिर राख्न सकेन ।

खेलको ३२ औं मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काए । त्यसपछि जोर्डन आयुले खेलको ५२ औं मिनेटमा गोल गर्दै क्रिष्टललाई २–२ गोलको बराबरी ल्याउदै हारबाट जोगाउन सफल भए ।

यो बराबरीसँगै आर्सनलले १० खेलबाट १६ अंक जोडेको छ । आर्सनल लिगको पाँचौं स्थानमा रहेको छ । १५ अंक जोडेको क्रिष्टल छैटौं स्थानमा छ ।