२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको मृत्युपछि कुपोषित छेराछोरीका बाबु बेखबर



अ+ अ-

बाजुरा । जिल्लाको स्वामिकार्तिक गाउँपालिका–१ साप्पाटामा आमाको मृत्यु पछि बाबु बेखबर भएकाले दुई नाबालक अलपत्र बनेका छन् । आमा बच्ची लुवारको गत साउन मृत्यु भएको थियो । बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन् ।

घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन वर्षका देबदत्त र छ महीनाकी वसन्ती छन् । सम्पत्तिको नाममा एउटा घरसमेत नभएकी सुकीलाई नाति नातिनी पाल्न निकै सकस भएको छ । छ महीनाकी वसन्तीलाई गाईभैँसीको दूध मागेर पालिरहेको छ । दुबैजनालाई पाल्नका लागि गाउँ चाहर्ने गरेको उनले बताए ।

अलपत्र रहेका दुवैजना कुपोषित भएका छिमेकी सुमित्रा भण्डारीले बताए । आफूलाई कसरी यिनीहरुको पेट पाल्ने भन्ने चिन्ताकै कारण उपचारसमेत गराउन नसकिएको बजै सुकीले बताए । सरकारले आमा र बच्चालाई लक्ष गरेर ‘सुनौला हजार दिन’ कार्यक्रम ल्याए पनि र स्थानीय निकायले लिटो, अण्डा, कुखुरा वितरण गरे पनि उनीहरुले अहिलेसम्म केही सहयोग पाएका छैनन् ।