१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

तिहारकै बेला गाँउमा बिजुली पुगेपछि वासिन्दाहरुमा खुशीको लहर

तिहारकै बेला गाँउमा बिजुली पुगेपछि वासिन्दाहरुमा खुशीको लहर
अ अ+ अ-

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पुर्याइएको हो । साविक ताकम गाविसको वडा नं ७ मा पर्ने हिलापोखरीका ६५ घरमा आइतबार साँझदेखि बिजुली बलेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए ।

“लक्ष्मी पूजाको दिनमै बिजुली बाल्न पाउँदा खुशियाली छाएको छ”, मल्लले भने, “बिजुलीले गाउँ झिलीमिली भएको छ ।” उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । यसअघि हिलापोखरीमा इन्धनबाट जेनेरेटर चलाएर फर्निचर उद्योग सञ्चालन गरिएको थियो ।स्थानीयवासीले खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । यसअघि उनीहरूले उज्यालोका लागि पेल्ट्रिक सेट, सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए ।

गत महीना साविक ताकम गाविसको ३, ४ र ५ नम्बर वडाका २२० घरमा बिजुली बलेको थियो । ताकम विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीका अनुसार साविक ६, ८ र ९ नम्बर वडाका थप ३०० घरमा तिहारलगत्तै विद्युत पुर्याउने तयारी भएको छ । धारापानीका २०१ घरमा गत वर्ष विद्युत पुगेकोे थियो । विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने ट्रान्सफर्मर जडाने र ढुवानीको काम गरेको थियो ।

गाउँपालिकाबाट गत आर्थिक वर्षमा बिनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए । उक्त गाउँपालिकामा विद्युत उपलब्ध गराउन सङ्घीय सरकारले गत वर्षरु चार करोड ५० लाख उपलब्ध गराएकामा ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ वटा पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी र करिब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानिएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनीयर हेमराज चापागाईंले बताए ।

ताकमका साथै मुना हुँदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको छ । यस वर्ष प्रदेश सरकारले उक्त गाउँपालिकाका लागि रु दुई करोड ८१ लाख विनियोजन गरेको थियो । मराङको ७५ घरमा पनि गत हप्ता उपलब्ध गराइएको थियो ।