६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी वरियतामा नेपालको सुधार, १२ औं स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । अघिल्लो वरियतामा १३ औं स्थानमा रहेको नेपाल आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ ।

नेपाल एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा शीर्ष स्थानमा रहेको छ । यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएईको वरियता भने घटेको छ । नेपाल भन्दा तल एक टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा झरेको छ ।

तर पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।