२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहको पेनाल्टी गोलमा लिभरपुलको जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले घरेलु मैदानमा संघर्षपूर्ण जित निकाल्न सफल भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

ह्यारी केनले खेलको पहिलो मिनेटमै गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, जोर्डन हेण्डरसनले खेलको ५२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काई हाले । त्यसपछि खेलको ७५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २१ को जित दिलाए ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । अपराजित रहेको लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले अघि रहेको छ । पराजित टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।