२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीआईपी जुवाडे आजै छुट्न सक्ने सम्भावना



अ+ अ-

काठमाडौँ । महराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट शनिबार पक्राउ परेका २५ जुवाडेलाई छुटाउन चलखेल सुरु भएको छ । नेपालहरुको दोस्रो ठूलो चाड तिहारलाई देखाएर शनिबार राती पक्राउ परेका जुवाडेहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

सर्वोच्च अदालतमा आइतबार ३ बजे एक जुवाडेको आफन्त रेखा कुँवरले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।

भाइटिका लगाउनुपर्ने भएकाले अदालतलाई समेत प्रभावमा पारेर रिट दायर गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । जुवाडेहरु आजै अदालतमा उपस्थित गराईनेछ । जुवाडेको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद र तीन लाखको चेक बरामद गरेको थियो ।