३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले

करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । करका दर निर्धारण गर्ने प्रक्रियामा अर्थमन्त्री अन्तिम निर्णयकर्ता भएको उहाँको भनाइ छ । उद्यपि यो एक सामूहिक र नीतिगत सहमतिको विषय भएको बताउनु भयो ।

उहाँले बजेट र करका दरहरू अर्थमन्त्री एक्लैले गोप्य रूपमा तय गर्ने नभई विज्ञ र सरोकारवालाहरूको ठूलो समूहको छलफलपछि निष्कर्षमा पुगिने स्पष्ट पार्नुभयो ।

डा. वाग्लेले आर्थिक ऐनको दफा १८ को व्यवस्थाबारे चर्चा गर्दै प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएपनि सरकारले आवश्यकताअनुसार कर, दस्तुर, शुल्क वा महसुल घटाउन, बढाउन वा पूर्ण रूपमा छुट दिन सक्ने कानूनी प्रावधान रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यो सार्वजनिक वित्त व्यवस्थापनको एक नियमित र विश्वव्यापी अभ्यास हो ।

उहाँले भन्नुभयो, ‘अर्को, यसको लगभग धेरै कुराको अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हो, त्यसमा कुनै सन्देह छैन । तर हामी सामूहिक रूपमा छलफल गरेर, राजनीतिक तहमा र नीतिगत तहमा एउटा कन्सेन्ससकै रूपमा निर्णय गर्छौँ । यो गोप्य रूपमा अर्थमन्त्रीले मात्रै खुर्खुर टाइप गर्नेकुरा होइन । अघि मैले विन्ती गरिसकेको छु, यसमा ठूलो समूहले छलफल गरेर निष्कर्ष निकाल्ने गर्दछ । र, यो सबै हुँदाहुँदै पनि यहाँ लेखिएका कुराहरू कुनै पनि बेला संशोधन गर्न सकिने अधिकार दफा १८ ले पनि दिएको छ । वर्षभरि केही भवितव्य अवस्था आउन सक्छन् । दर घटाउन, बढाउन वा छुट दिन सकिने व्यवस्था छ । प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकारले आवश्यकता अनुसार यस ऐन तथा अन्य प्रचलित कानूनबमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल वा करका दर घटाउन, बढाउन वा त्यस्ता दस्तुर, शुल्क, महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्नेछ भन्ने प्रावधान दफा १८ मा छ । त्यो हाम्रो सार्वजनिक वित्त व्यवस्थापनको नियमित अभ्यास नै हो । त्यसैले संसद्ले पास गरिसकेपछि पनि आवश्यकता अनुसार, जस्तै तेलको मूल्य बढ्दा हामीले आम जनतालाई राहत दिन पूर्वाधार शुल्क घटाएका थियौँ, त्यस्तै निर्णय मन्त्रिपरिषद्बाट पनि हुनसक्छ ।’

डा. वाग्लेले आम जनतालाई राहत दिनका लागि विगतमा तेलको मूल्य वृद्धि हुँदा पूर्वाधार शुल्क घटाइएको बताउँदै सार्वजनिक हितका लागि सरकारले ऐनले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्मार्फत यस्ता निर्णयहरू गर्न सक्ने प्रस्ट पार्नुभयो ।

उहाँले नीतिगत तहमा हुने यस्ता छलफल र निर्णयहरू पारदर्शी र संस्थागत हुने समेत बताउनु भयो । सरकारको अर्थ सम्बन्धी प्रश्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा छपाइका क्रममा केही प्राविधिक त्रुटिहरू भएको स्वीकार गर्दै त्यसलाई सच्याएर संघीय संसदका सदस्यहरूलाई जानकारी गराइसकेको स्पष्ट पार्नुभएको छ । –न्युज एजेन्सी नेपाल