१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

“सरकार जनताको भावना बुझेर अगाडि बढ्छ”

“सरकार जनताको भावना बुझेर अगाडि बढ्छ”
अ अ+ अ-

भक्तपुर । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४० को अवसरमा आज मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उहाँले सरकारले गरेका सकारात्मक कामलाई भ्रम फैलाउनेहरु सक्रिय रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले गरेको राम्रा कामलाई जस्ताको तस्तै जनताको माझ पुग्नुपर्छ, तर सरकारको विरोधका नाममा जनतालाई भ्रम फैलाएर विरोधीले विरोधको आगो सल्काउने कार्य गरिरहेका छन् र जनताले यसलाई बुझ्नुपर्छ ।”

सरकारले ल्याएको गुठी विधेयकको प्रसङ्ग कोट्याउदै उहाँले धर्म, परम्परा र संस्कृतिलाई जोगाउने गरी नै सरकारले गुठी विधेयक ल्याएको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– “सरकार संस्कृति र साँस्कृतिक जोगाउन दृढतापूर्वक सरकार उभिन्छ, तर गुठीका नाममा तराईलगायत विभिन्न ठाउँमा सामन्ती, शोषण, उत्पीडिनका धेरै उदाहरण छन्, वर्षौदेखि सामन्तीले जनतालाई जोताहा बनाएका छन्, मालिक बनाएका छन्, सरकारले ल्याएको गुठी विधेयक त्यस्ता सामन्तीका विरुद्ध हुन्, जनताको पक्षमा हुन, कला, संस्कृति र साँस्कृतिक पक्षमा हो, सरोकारवालासँग यस बारेमा पुनः छलफल गरेर सरकार अगाडि बढ्छ ।”

उहाँले नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग नेपालको पहिचान गराउने र ऐतिहासिक प्रसङ्ग भएकाले यसको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग वैज्ञानिकरुपमा पनि स्थापित गराउने प्रसङ्ग भएको चर्चा गर्दै उहाँले नेपाल संवत्सँग कही न कही गाँसिएर विक्रम प्रसङ्ग चल्ने भएकाले यसलाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

नेपाल संवत् प्रसङ्ग एउटा जातिको मात्र होइन र हुन पनि सक्दैन भन्दै उपप्रधानमन्त्री पोखरेलले यो एउटा जाति र समुदायको मात्रै नभई सबै जातिको सबै समुदायको प्रसङ्ग हो भनेर प्रत्येक नेपालीको जनजनमा पुर्याई यसलाई सबैले स्वीकार्ने प्रसङ्गको रुपमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक वर्ष नेपाल सम्वत्का दिन सरकारको क्यालेण्डरमा राखेर सरकार प्रमुखबाट हरेक वर्ष शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्ने घोषणा गर्नुभयो ।

उहाँले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षदेखि यो कार्यक्रम प्रतिष्ठानसँग संयुक्तरुपमा आयोजना गर्ने र यसको जिम्मेवारी सरकारले बहन गर्ने घोषणा गर्नुभयो । नेपाल प्रसङ्गलाई कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

प्रदेश नं। ३ का सामाजिक विकासमन्त्री शालिकराम जमकट्टेलले साख्वाःले गरेको परिवर्तनको सुरुवातलाई समावेशी र समानुपातिक ढङ्गबाट राज्य व्यवस्था अगाडि बढिरहेको बताउनुभयो ।

्प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले मध्यपुरथिमि नगरपालिकाले निर्माण गर्न लागेको शंखधर साख्वाः स्मृति पार्क, शंखधर सङ्ग्रहालयलगायतका गुरुयोजना पूरा गर्न सांसद् विकास कोषबाट आफूले रु। ५० लाख प्रदान गर्ने घोषणा गर्नुभयो ।

उहाँले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको बताउनुभयो ।

राप्रपाका नेता एवम् पूर्वसञ्चारमन्त्री टंक ढकाल, नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल प्रसङ्गलाई सबै जातजाति, समुदायको प्रसङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्क, शंखधर सामुदायिक भवन निर्माणको गुरुयोजना प्रस्तुत गर्दै रु १२ करोडको लागत रहेको गुरुयोजना पूरा गर्न नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको र बाँकी रकम प्रदेश तथा केन्द्रीय सरकारलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा काहीनाथ तमोट र सिन्हःस्वा खललाई सम्मान गर्नुका साथै प्रतिष्ठानले प्रकाशित गरेको शंखधर स्मारिकाको विमोचन पनि गरिएको छ ।