६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा लगाए उपराष्ट्रपति पुनले भाइटीका



अ+ अ-

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनले २ जना बहिनीको हातबाट भाइटीका लगाएका छन् । उपराष्ट्रपति पुनले दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

पराष्ट्रपति पुनले रोल्पास्थित आफ्नै घरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् ।

उपराष्ट्रपपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । उपराष्ट्रपति पुनसँगै उहाँका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए ।