१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने



अ+ अ-

काठमाडौँ। सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ ।

सांस्कृतिक संस्थानले आज यहाँ प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी सोबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता आउँदो असार ३, ४ र ५ गते सांस्कृतिक संस्थानको मेगाहल, जमलमा आयोजना गरिने संस्थानका महाप्रबन्धक किरणबाबू पुनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा हामीले पहिलो पटक राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दैछौँ । यो आफैँमा खुसीको कुरो हो ।”

उक्त राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ मा २५ वटा समूहको सहभागिता रहने तथा असार ५ गते वार्षिकोत्सवका दिन पुरस्कार वितरणसहित सम्मान गरिने महाप्रबन्धक पुनले बताउनुभयो ।

आज आयोजित कार्यक्रममा वरिष्ठ लोकदोहरी गायक बद्री पङ्गेनी, गायिका मन्जु पौडेललगायत सहभागिता रहेको थियो । रासस