७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइत अगावै टीका लगाउदै पूर्व राजाले कसलाई दिए चेतावनी



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले साइत अगावै बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन् । मंगलबार पूर्व राजा शाहले विहान १० बजेर ५१ मिनेटमा कमलादीमा भाइटीका लगाएका हुन्।

पञ्चाङ्ग निर्णायक समितिले टीकोको उत्तम साइत ११ः५५ उल्लेख गरेकोमा पूर्व राजाले एक घन्टा अगावै टीका लगाए । टीका लगाएपछि संचारकर्मीसँग कुरा गर्दै परिवर्तनकारी भनिएका शक्तिलाई चेतावनी दिए ।

परिवर्तनकारी शक्तिहरुले विकास र प्रगतिलाई अगाडि नबढाए उनीहरु नै अप्ठ्यारो पर्नसक्ने चेतावनी दिएका हुन् । ‘विकास र प्रगतिलाई परिवर्तनकर्ताले बुझेनन् र मनन गरेनन् भने परिवर्तनककर्तालाई अप्ठ्रोमा पर्न सक्छ,’ पूर्व राजा ज्ञानेन्द्र शाहले भने ।

सत्ताधारीहरुबारे संचारकर्मीले प्रश्न सोध्दा पूर्व राजा शाहले आज भाइटीका कसैको आलोचना गर्ने दिन नभएको प्रतिक्रिया दिए । यद्यपि उनले दलहरुप्रति घुमाउरो पाराले असन्तुष्टि जनाए ।

सबै नेपालीमा खुशी र सुख छओस् भन्दै लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गर्दै आफैलाई मेटाएर अरुलाई सुखी बनाउन सक्ने शक्ति प्राप्त होस् भने ।
पूर्व राजाले दशैंमा शुभकामना दिंदा कडा धारणा सार्वजनिक गरेपछि भाइटीकाको दिन परिवर्तनकारी शक्तिप्रति लक्षित गरी बोलेका छन् ।