१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

साइत अगावै टीका लगाउदै पूर्व राजाले कसलाई दिए चेतावनी

साइत अगावै टीका लगाउदै पूर्व राजाले कसलाई दिए चेतावनी
अ अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले साइत अगावै बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन् । मंगलबार पूर्व राजा शाहले विहान १० बजेर ५१ मिनेटमा कमलादीमा भाइटीका लगाएका हुन्।

पञ्चाङ्ग निर्णायक समितिले टीकोको उत्तम साइत ११ः५५ उल्लेख गरेकोमा पूर्व राजाले एक घन्टा अगावै टीका लगाए । टीका लगाएपछि संचारकर्मीसँग कुरा गर्दै परिवर्तनकारी भनिएका शक्तिलाई चेतावनी दिए ।

परिवर्तनकारी शक्तिहरुले विकास र प्रगतिलाई अगाडि नबढाए उनीहरु नै अप्ठ्यारो पर्नसक्ने चेतावनी दिएका हुन् । ‘विकास र प्रगतिलाई परिवर्तनकर्ताले बुझेनन् र मनन गरेनन् भने परिवर्तनककर्तालाई अप्ठ्रोमा पर्न सक्छ,’ पूर्व राजा ज्ञानेन्द्र शाहले भने ।

सत्ताधारीहरुबारे संचारकर्मीले प्रश्न सोध्दा पूर्व राजा शाहले आज भाइटीका कसैको आलोचना गर्ने दिन नभएको प्रतिक्रिया दिए । यद्यपि उनले दलहरुप्रति घुमाउरो पाराले असन्तुष्टि जनाए ।

सबै नेपालीमा खुशी र सुख छओस् भन्दै लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गर्दै आफैलाई मेटाएर अरुलाई सुखी बनाउन सक्ने शक्ति प्राप्त होस् भने ।
पूर्व राजाले दशैंमा शुभकामना दिंदा कडा धारणा सार्वजनिक गरेपछि भाइटीकाको दिन परिवर्तनकारी शक्तिप्रति लक्षित गरी बोलेका छन् ।