१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

दिदीबहिनीको चाहना : “यमराजले दाजुभाइलाई छुन नसकोस्”

दिदीबहिनीको चाहना : “यमराजले दाजुभाइलाई छुन नसकोस्”
अ अ+ अ-

काठमाडौं । “दाजुभाइको सँधै सुख, शान्ति र प्रगति भएको देख्न चाहान्छु । यसपालिको तिहारको भाइटीकामा पनि यही कामना गरेँ । दाजभाइको खुशी हाम्रो पनि खुशी हो । उनीहरु तनावमुक्त रहुन् भन्ने चाहान्छु ।” स्याङ्जा माइती भएकी नवलपुरकी सरस्वती अर्यालको मन दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली माला लगाइदिएपछि चङ्गा भएको छ ।

तिहार कसरी मनाउनुभयो भन्ने प्रश्नमा अर्यालको जवाफ थियो, “यमराजले दाजुभाइलाई छुन नसकोस् भनेर ढोकामा तेल ठोकियो । फूल, प्रकृति र पशुपंक्षीको पनि पूजा गरियो । खुशीका साथ तिहार मनाइयो ।”

नेपाल मावि, नवलपुरकी शिक्षक अर्यालले करिव एक हजार ४०० आफ्ना विद्यार्थीमाझ नाँचगान गरेर देउसी–भैलो खेलेर रमाइलो गरेको पनि सुनाउनुभयो । सङ्कलित रकम गरिब र विपन्न समुदायका विद्यार्थीको पाठ्यसामग्री जुटाउन खर्च गर्ने उहाँको योजना छ । नयाँ पुस्ता र विद्यार्थीले चाड, पर्व र संस्कृतिलाई नर्बिसिउन् र आपसी सद्भावका साथ मनाइरहुन् भनेर उक्त विद्यालयले देउसी–भैलो खेलाएको थियो । प्रत्येक कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हरेक क्षेत्र र समुदायका मानिसले दिदीबहिनी र दाजुभाइका साथै पारिवारिक मिलन एवं सद्भावका रुपमा मनाउने गरेका छन् ।

अरुले झैँ सप्तरीको तिलाठी घर भई हाल काठमाडौँ बस्ने करुणा झाले पनि दुई भाइलाई टीका लगाएर तिहार मनाउनुभयो । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाकी श्रीमती झाको अनुभवमा तराईको तुलनामा काठमाडौँमा मनाइने तिहारमा खासै भिन्नता देखिएन ।

कैलाली घर भई हाल काठमाडौँ निवासी चन्द्र साउद विगतका तुलनामा यस वर्ष राजनीतिक स्थिरता र शान्ति कायम भएका कारण दसैँ र तिहारमा सन्तोष मिलेको प्रतिक्रिया दिनुभयो । तालीम तथा रोजगार व्यावसायी महासङ्का अध्यक्ष साउदको बुझाइमा सामाजिक सद्भावमा प्रगति भएको र पट्का पट्काउने र अरुलाई हानी हुने गरी चाँड रक्सी खाएर सडकमा हिँड्ने प्रवृत्तिमा पनि सुधार आएकाले तिहार सुखद् भएको छ ।

किराँत धर्मका जानकार डा चन्द्रकुमार शेर्मा हिन्दू र किराँतीहरुको केही मिल्ने चाडपर्वमध्ये तिहार पनि परेकाले आफूले हिन्दू परम्पराकै शैलीमा भाइटीका मनाउँदै आएको बताउनुहुन्छ । किराँतहरुको चाडपर्वको मान्यताको आधारमा बेग्लै संस्कारसहित तिहार र चाडहरु कसरी मनाउने भन्नेबारेमा अध्ययन गरिरहेका उहाँ ‘बलिहाङ तङ्नाम तियाहा’ ग्रन्थ लेख्दै हुनुहुन्छ । दसैँमा जस्तो देवीदेवताका नाममा बली नदिइनुलाई सकारात्मकरुपमा लिने डा शेर्मा भन्नुहुन्छ, “ह त्या, हिंसा र मारकाट नभई दियो, कलश र फूलमालाको प्रयोग हुनु तिहारको सुन्दर पक्ष हो । वामन राजाले राज्य जितेर पछि दानवीर भएर बलिहाङलाई राज्य फिर्ता गरेको इतिहासका सन्दर्भमा तिहारमा राँगा, खसी र बोकाको बली दिने प्रचलन नभएको देखिन्छ ।”

धार्मिक मान्यताअनुसार यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । तिहारकै अन्तिम दिन नेपाली समुदायको नेपाल संवत् पनि मनाइँदै आइएको छ ।