१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन
अ अ+ अ-

जाजरकोट । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो ।

जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका –१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु –जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वषांैदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न बाध्य छन् । जिल्लाको ठूलो व्यापारिक नाका भएर पनि खानेपानीको अभावमा भेरी नदीको भर पर्नुपर्दा स्थानीयवासी हैरान भएको स्थानीय व्यापारी जगत बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्थानीय सरकार र प्रदेश सरकारले पनि चासो नदिएकाले अव हामीले सङ्घीय सरकारमा कुरा पुर्याएका छौँ, यो आर्थिक वर्षमा केही समस्या समाधान होला कि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले डिप बोरिङबाट पानी ल्याउनका लागि पहल गर्ने भन्नुभएको छ ।” गाउँ नजिकै खानेपानीको मुहान नहुँदा आफूहरू भेरी नदीको पानी पिउन बाध्य भएको अर्का स्थानीयवासी दुर्गा आचार्यले बताउनुभयो ।

हिउँद याममा भेरी नदीको पानी सफा भए पनि वर्षायाममा धमिलो पानी छानेर पिउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । पानीकै कारण दैनिक व्यवसाय सञ्चालन गर्न मुस्किल परेको गुनासो गर्दै स्थानीयवासी रामबहादुर सिंहले भन्नुभयो, “यही बाटो भएर जाजरकोट र डोल्पा, रुकुम पश्चिमका अधिकांश नेतादेखि सङ्घ, संस्थाका व्यक्ति हिँड्छन्, उनीहरू पानी सफा भएन भनेर कराउँछन् तर पानी ल्याउने कुरामा कसैले पनि पहल गर्दैनन् ।”

छेडाबजारबाट जुम्ला डोल्पा र पश्चिम रुकुम हुँदै मध्यपहाडी लोकमार्गसम्मका सडक जोडिन्छन् । जाजरकोटबाट भित्रने र बाहिरिने मुख्य सडक नै यही बाटो भएर जान्छ तर खानेपानीको अभाव भएकाले माथिल्लो छेडाका बासिन्दा बसाइँ सरेर अर्को ठाउँमा जान बाध्य भएको उहाँले बताउनुभयो । माथिल्लो छेडामा थोपा सिँचाइबाट आकाशको पानी जम्मा गरेर प्रयोग गर्न ट्याङ्की निर्माणका लागि शुरुका दिनमा केही काम गरिएको थियो तर त्यो पनि अहिले पूरै काम नलाग्ने अवस्थामा पुगेको छ ।

छेडाबजारमा खानेपानीका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनका लागि पहल जारी रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । सुर्खेत र जाजरकोटका बीचमा रहेको यस ठाउँमा स्थानीयवासीको विवादका कारण समस्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको उक्त गाउँपालिकाका बीचमा पर्ने भएकाले दुवै गाउँपालिकाले सो ठाउँ आफ्नो भएको दाबी गदै आएका छन् ।
अहिलेसम्म निर्माण भएका संरचना सबै जाजरकोटले निर्माण गदै आएको थियो । खानेपानीको समस्या भएको थाहा पाउने वित्तिकै खानेपानी कार्यालयलाई तत्काल सम्बोधन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो । उहाँका अनुसार यो आर्थिक वर्षमा जसरी पनि त्यहाँ पानी पुर्याइने छ ।