९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

स्थायी कर्मचारी सिफारिस रोक्न माग: स्थानीय तह करारमा कर्मचारी भर्नाको खेल

स्थायी कर्मचारी सिफारिस रोक्न माग: स्थानीय तह करारमा कर्मचारी भर्नाको खेल
अ अ+ अ-

काठमाडौं। स्थानीय तहहरूले लोकसेवा आयोगबाट सिफारिस हुने स्थायी कर्मचारीलाई अस्वीकार गर्दै करारमा कर्मचारी भर्नाको खेलमा लागेको पाइएको छ । स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले नौ हजार बढी कर्मचारीको छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । लोकसेवाले स्थानीय तहमा कर्मचारी सिफारिसको प्रक्रियाको तयारी गरिरहेको अवस्थामा स्थानीय तहले कर्मचारी सिफारिस नगर्न आग्रह गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि आयोगमार्फत कर्मचारी भर्नाको प्रक्रियामा गएका स्थानीय तहले नै व्यवस्थापन गर्न नसकिने भन्दै कर्मचारी सिफारिस नगर्न आग्रह गरेपछि अन्योलता सिर्जना भएको छ । संघीय मामिला मन्त्रालयका अधिकारीका अनुसार स्थानीय तहले करारमा कर्मचारी भर्ना गर्ने योजनासहित केन्द्रबाट पठाउन लागिएको स्थायी कर्मचारीलाई व्यवस्थापन गर्न नसकिने बहाना बनाएका हुन् । हाल कतिपय स्थानीय तहका जनप्रतिनिधिले करारका नाममा आफ्ना नातागोता तथा नजिकका व्यक्तिलाई जागिर लगाइरहेका छन् ।

स्थानीय तहले स्थायी कर्मचारी नपठाउन आग्रह गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गम्भीर बनेको छ । मन्त्रालयले स्थायी कर्मचारी लिन नमान्ने तर करारमा कर्मचारी राख्न खोज्ने प्रवृत्ति गलत भएको बताएको छ । मन्त्रालयमा स्थायी कर्मचारी नपठाउन माग गरेका स्थानीय तहमा कर्मचारी नपठाउने तर ती निकायमा करारमा कर्मचारी भर्ना गर्न पनि नदिने विषयमा छलफल थालिएको छ ।

‘संविधानअनुसार स्थायी पदमा करारमा कर्मचारी भर्ना गर्न पाइँदैन त्यसैले करारमा कर्मचारी भर्ना गर्ने पदाधिकारीबाट रकम असुलउपर गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ,’ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयका सहसचिव जय नारायण आचार्यले केही स्थानीय तहले कर्मचारी व्यवस्थापन गर्न नसकिने भन्दै मन्त्रालयलाई जानकारी गराएको बताए । कर्मचारी माग गरेका केही स्थानीय तहले व्यवस्थापन गर्न नसकिने भन्दै सिफारिस नगर्न भनेका छन् ।

यसअघि कर्मचारी माग नगरेका स्थानीय तहले भने कर्मचारी भर्नाको प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका छन्,’ सहसचिव आचार्यले भने । मन्त्रालयले सबै स्थानीय तहको विवरण संकलन भइरहेको जनाएको छ । हालसम्म कति कर्मचारी व्यवस्थापन गर्न नसक्ने भने तथ्यांक भने तयार भइनसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले गत १५ जेठमा ५ सय १५ स्थानीय तहले गरेको मागको आधारमा ९ हजार १ सय ६१ कर्मचारीको भर्ना प्रक्रिया अघि बढाउन आयोगलाई आग्रह गरेको थियो ।

सोही आधारमा आयोगले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेको थियो । जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोगले मंसिरसम्ममा कर्मचारी सिफारिस गरिसक्ने कार्यतालिकामा आधारित रहेर प्रक्रिया अघि बढिरहेको जानकारी दिएको छ ।
यससँगै स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा अन्योलता देखिएको मन्त्रालयको भनाइ छ । आयोगबाट पदपूर्तिका लागि आग्रह गरेका स्थानीय तहहरूले नै कर्मचारी व्यवस्थापन गर्न नसकिने विषयलाई सामान्य रूपमा लिन नसकिने मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट