९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उपत्यकामा रगत अभाव, दैनिक साढे २०० पिन्ट माग

उपत्यकामा रगत अभाव, दैनिक साढे २०० पिन्ट माग
अ अ+ अ-

काठमाडौं । उपत्यकामा रगत अभाव भएपछि बिरामीलाई समस्या भएको छ। रगत अभाव हुँदा दुर्घटना, रक्त श्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार प्रभावित भएको छ। मेडिसिटी अस्पतालमा भर्ना भएका मिर्गौलाका बिरामी राकेशकुमार ठाकुरका आफन्त बुधबार रगतको खोजीमा भौंतारिए। जनकपुरका ठाकुरलाई दुई पिन्ट ओ पोजेटिभ रगत चाहिएको थियो। आफन्त डा. निशान्तले भने, ‘रगतका लागि सबै ठाउँमा सोधपुछ गर्यौं। तत्कालै चाहिने हो भने डोनर (दाता) ल्याउनुस् भनेर फर्काए।’

ठाकुरको हेमोग्लोबिन न्यून भएकाले नियमित डायलाइसिसका लागि रगत आवश्यक परेको हो।रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रले पनि रगत अभाव भएको जनाएको छ। केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले भनिन्, ‘चाडबाड भएकाले रक्तदान कार्यक्रम हुन सकेन। पर्याप्त रगत संकलन हुन नसकेकाले अभाव भएको हो।’ काठमाडौं, भक्तपुर र ललितपुरमा रगत अभाव देखिएको हो। दैनिक दुई सय ५० पिन्ट रगत माग छ।

दसैं, तिहार, छठलगायतका चाडपर्वका कारण रक्तदान नहुँदा मौज्दातमा राखिएको रगत सकिन लागेको डा. कर्णिकारले बताइन्। दसंैअघि डेंगुको प्रकोप भएका बेला रगत उपयोग बढी भएकाले अहिले अभाव देखिन थालेको हो। आपत्कालीन अवस्थामा बाहेक अन्य बिरामीलाई रगत दिन नसकिने अवस्था रहेको सेवा केन्द्रका एक कर्मचारीले बताए। उनका अनुसार विशेष गरी नेगेटिभ समूहको रगत कमी छ। मुटुको शल्यक्रिया लगायतका कतिपय जटिल अवस्थामा एकैपटक दश/बाह्र पिन्ट रगत चाहिने भएकाले मौज्दात रित्तिँदा समस्या भएको हो।

डा। राजकर्णिकारले मौज्दातको परिमाण खुलाउन अस्वीकार गरिन्। ‘अहिले आकस्मिक ९इमरजेन्सी० लाई मात्र व्यवस्था गरिएको छ,’ उनले भनिन्। रगत अभाव भएपछि रेडक्रसले विभिन्न संघसंस्था र रक्तदाता समूहलाई दान गर्न आह्वान गरिएको छ। १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिले रक्तदान गर्न सक्ने डा। कर्णिकारले बताइन्। ‘स्वास्थ्य परीक्षणपछि योग्य व्यक्तिले वर्षको चारपटकसम्म रक्तदान गर्न सक्छन्’, उनले भनिन्।

नेपाल रक्तदाता स्वयंसेवी समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदाताभन्दा पनि संकलित रगत व्यवस्थापनमा समस्या भएको बताए। ‘व्यवस्थापकीय लाचारी देखिएको छ। जसका कारण बिरामीले समस्या भोग्नुपरिरहेको छ। हामीजस्ता स्वयंसेवी रक्तदाता सेवाका लागि तनाव लिँदै दौडनुपरिरहेको छ’, कर्माचार्यले भने। संकलित रगतको व्यवस्थापन कक्ष झन् खस्कँदै गएको कर्माचार्यको दाबी छ। अन्नपुर्णपोष्ट दैनिकबाट