९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तिहारलगत्तै छठको चहलपहलमा सजिँदै उपत्यका र तराई

तिहारलगत्तै छठको चहलपहलमा सजिँदै उपत्यका र तराई
अ अ+ अ-

काठमाडौं । तिहारलगत्तै राजधानी काठमाडौंलगायत तराईका विभिन्न स्थानमा छठको चहलपहल सुरु भएको छ । विशेषगरी तराईका जिल्लामा मनाइने छठ बुधबारबाट विधिवत् सुरु भएको हो । मिथिलाञ्चलभर विभिन्न तालतलाउ, पोखरी, इनार तथा प्रसिद्ध नदीछेउ छठ मनाउने प्रचलन छ । छठ मनाउन राजधानीको कलपोखरी गौरीघाट, कुपण्डोललगायतका पोखरी तथा खोला किनारमा सरसफाइ र सौन्दर्यीकरण तीव्र बनाइएको छ ।

कमलपोखरी छठ पूजा समाजले पूजा गर्नेको नामावली संकलन भइरहेको जनाएको छ । समाजका उपाध्यक्ष अनन्त दाहालले यस वर्ष घाट अथवा पूजा गर्न छुट्याइएको ठाउ“ घट्न सक्ने बताए । ‘गत वर्ष २८८ घाट थिए, यस वर्ष कमलपोखरीमा भइरहेको पुनर्निर्माणका कारण कमले मात्र पूजा गर्न पाउनेछन्,’ उनले भने ।

केही वर्षदेखि खोला तथा पोखरीमा छठ मनाउने परम्परा सुरु भएसँगै राजधानीमा बसोबास गर्ने तराईवासी र भारत मूलका नागरिकले आफू बसेको ठाउ“वरपरका खोला किनार छठ मनाउन थालेका छन् । जनकपुरका अजित सिंह पहिलोपटक कमलपोखरीमा छठ मनाउन लागेको बताउँछन् । ‘धेरै वर्ष गाउ“मा मनाइयो तर यसपटक समयका कारण काठमाडौंमै छठ मनाउने तयारीमा छु,’ उनी भन्छन्, ‘खर्च र समयका कारण पनि आफू रहेकै स्थानमा मनाउने थालेको पाइन्छ ।’

यसरी मनाइन्छ छठ छठको पहिलो दिन आरोग्य, अहिंसा, सत्य र समृद्धिका रूपमा नुहाएर शुद्ध खानेकुरा खाने गरिन्छ । पूजाको दोस्रो दिन व्रतालुले दिनभर उपवास बसेर राति खीर, पुरीलगायत गृह र सूर्य देवतालाई चढाई बिनानुनको खानेकुरा खाने चलन छ । पर्व तेस्रो दिन व्रतालु विभिन्न पकवान तथा फलफुलसहित माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।

त्यसदिन रातभर नदी, तलाउ तथा पोखरी डिलमा जाग्राम बस्ने गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गर्ने गरिन्छ । शुद्ध मनले छठ पूजा आराधना गरे निःसन्तानले सन्तान पाउने र रोगीले स्वास्थ्य लाभलगाायतका फल प्राप्त हुने विश्वास रहँदै आएको छ । राजधानी दैनिकबाट