२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाई दिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्ति संसदमा नै आएर नसच्याई संसद बैठक चल्न नदिने विपक्षहरुको अडान रहेको स्पष्ट पार्दैै सदन सुचारु गराउनका लागि वातावरण बनाउन सभामुख अर्यालसँग अनुरोध गर्नुभएको हो ।

नेता पुनले प्रधानमन्त्री साहले दिएको उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग पनि दोहो¥याउनु भयो । उहाँले सदनको गतिरोध अन्त्यका लागि सत्तारुढ रास्वपाले पनि विभिन्न विकल्पहरु ल्याएको उल्लेख गर्दै त्यसमा बसेर छलफल गर्न पनि सभामुख अर्यालले आवश्यक सहजीकरण गर्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो,‘संसद नियमित चलोस । यसमा हाम्रो प्रतिवद्धता छ र हाम्रो धारणा पनि यही हो । त्यसो हुँदा आजको बैठकको सन्दर्भमा प्रधानमन्त्रीको यो विषय सच्चिनु पर्दछ । संसदको रेकर्डबाट हटनु पर्छ । उहाँले आएर जवाफ दिनुपर्छ भन्नेकुरा हामी प्रतिपक्षहरुको तर्फबाट हाम्रो अडान कायमै छ । सत्तारुढ पार्टीबाट विभिन्न अप्शनहरु सदनलाई सुचारु गर्न स्वयम प्रतिपक्ष दलले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्न विभिन्न अप्शनहरु आएका छन् । सकारात्मक रुपमा आएका छन् । त्यसकारण त्यो अझै निष्कर्षमा नपुगेको हुनाले केही समयका लागि सम्माननीय सभामुखज्युले बैठक रोकेर यसलाई एक पटक अझै छलफल गरेर आजै छलफल गरेर अगाडि बढने खालको वातावरण बनाई दिनका लागि मैले आफनो तर्फबाट पनि, प्रतिपक्षहरुको तर्फबाट पनि यहाँलाई अनुरोध गर्न चाहन्छु ।’

त्यस अवसरमा नेता पुनले प्रतिपक्ष दलहरु संसद नियमित चलोस भन्नेमा प्रतिवद्ध रहेको बताउनु भयो ।