६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको गोलमा युभेन्ट्सको जित



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमाजिनोआलाई २–१ गोल अन्तरले युभेन्ट्सले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा दुवै टिम १० खेलाडीमा समेटिएको थियो । खेलमा सुरुवाती अग्रता युभेन्ट्सले नै बनाएको थियो ।

लियोनार्दो बोनुचीले खेलको ३६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ४० औं मिनेटमा क्रिस्टियन कौआमेले गोल गर्दै जिओनालाई १–१ गोलको बराबरी फर्काउन सफल भएका थिए । खेलको ५१ औं मिनेटमा फ्रान्सिस्को कास्सटाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा जिओना १० खेलाडीमा समेटियो । त्यस्तै एड्रिन राबिओटले खेलको ८७ औं मिनेटमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स पनि १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ९० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २–१ को संघर्षपूर्ण जित दिलाई छाडे । जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । युभेन्ट्सले १० खेलबाट २६ अंक जोडेको छ । पराजित जिओना ८ अंक जोडेर १७ औं स्थानमा छ ।