१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकप खेल्ने १६ टिम तय, छनोटमा कुन–कुन टिम परे?



अ+ अ-

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लागेको छ । युएईमा सम्पन्न ग्लोबल छनोटबाट ६ टिमले अष्ट्रेलियाको टिकट काटेसँगै विश्वकपमा सहभागी १६ टिमको तय भएको हो । ग्लोबल छनोटमा सहभागी १४ टिमबाट ६ टिमले विश्वकपको टिकट काटेको थियो । बुधबार राति ओमान इलिमिनेटरमा हङकङलाई १२ रनले पराजित गर्दै विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बनेको थियो ।

यस पटक ग्लोबल छनोटबाट ओमानसँगै स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाए । जसमा पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल छन् नामिबिया र पीएनजी । अब विश्वकपमा ग्लोबल छनोटबाट आएका ६ टिम र बंगलादेश र श्रीलंकाले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरेर खेलाइने समूह चरणबाट चार टिमले सुपर–१२ मा स्थान बनाउने छन् ।

सुपर–१२ मा आईसीसी वरियताका शीर्ष आठ टिम पाकिस्तान, भारत, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानसँग खेल्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने सुपर–१२ को समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

विश्वकपमा छनोट भएको टिम: पाकिस्तान

भारत

इंग्ल्याण्ड

अष्ट्रेलिया

दक्षिण अफ्रीका

न्युजिल्याण्ड

वेष्ट इण्डिज

अफगानिस्तान

बंगलादेश

श्रीलंका

ओमान

स्कटल्याण्ड

नामिबिया

नेदरल्याण्ड

आयरल्याण्ड

पपुवा न्यु गिनी