३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

टी–ट्वान्टी विश्वकप खेल्ने १६ टिम तय, छनोटमा कुन–कुन टिम परे?

टी–ट्वान्टी विश्वकप खेल्ने १६ टिम तय, छनोटमा कुन–कुन टिम परे?
अ+ अ-

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लागेको छ । युएईमा सम्पन्न ग्लोबल छनोटबाट ६ टिमले अष्ट्रेलियाको टिकट काटेसँगै विश्वकपमा सहभागी १६ टिमको तय भएको हो । ग्लोबल छनोटमा सहभागी १४ टिमबाट ६ टिमले विश्वकपको टिकट काटेको थियो । बुधबार राति ओमान इलिमिनेटरमा हङकङलाई १२ रनले पराजित गर्दै विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बनेको थियो ।

यस पटक ग्लोबल छनोटबाट ओमानसँगै स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाए । जसमा पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल छन् नामिबिया र पीएनजी । अब विश्वकपमा ग्लोबल छनोटबाट आएका ६ टिम र बंगलादेश र श्रीलंकाले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरेर खेलाइने समूह चरणबाट चार टिमले सुपर–१२ मा स्थान बनाउने छन् ।

सुपर–१२ मा आईसीसी वरियताका शीर्ष आठ टिम पाकिस्तान, भारत, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानसँग खेल्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने सुपर–१२ को समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

विश्वकपमा छनोट भएको टिम: पाकिस्तान

भारत

इंग्ल्याण्ड

अष्ट्रेलिया

दक्षिण अफ्रीका

न्युजिल्याण्ड

वेष्ट इण्डिज

अफगानिस्तान

बंगलादेश

श्रीलंका

ओमान

स्कटल्याण्ड

नामिबिया

नेदरल्याण्ड

आयरल्याण्ड

पपुवा न्यु गिनी