६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडको फराकिलो जित, बार्सिलोनासँगको अंक दुरी घटायो



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा लेगानेसलाई ५-० गोलको फराकिलो अन्तरले रियलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन रोड्रीगो, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिकले एक एक गोल गरे । सान्टियागो बेर्नाबेउमा एकतर्फी जित निकाल्ने क्रममा रियलले सातौं मिनेटमा रोड्रीगोको गोलबाट अग्रता बनाएको थियो ।

आठौं मिनेटमा क्रुसले गोल गर्दा रियल २-० ले अघि रह्यो । रामोसले २४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो । ६९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४-० को अग्रता दिलाए । त्यसपछि जोभिकले खेलको ९० औं मिनेटमा गोल गर्दा रियल ५-० ले बिजयी भयो ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी १ अंकमा घटाएको छ । दोस्रो स्थानको रियलले १० खेलमा २१ अंक जोडेको छ । बार्सिलोनाको २२ अंक छ । लेगानेस ५ अंक जोडेर पुछारमा रहेको छ ।