१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोगापेक्षीको व्यवस्थापन गर्दै कामपा



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ ।

कामपा क्षेत्रभित्र सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रित व्यक्तिको अवस्था र आवश्यकता बुझ्ने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोल आफैँ उद्धार कार्यमा निस्कनुभएको छ ।

उद्धारसँगै दिनमा भेटिने सहयोगापेक्षी र रातमा सडकमै बास बस्ने व्यक्तिको प्रकृति आफैँ महसुस गर्नु यस दिनको उद्देश्य रहेको उहाँको भनाइ छ । हिजोआज हरेक दिन बिहान, दिउँसो र साँझको समयमा सडक सेवाअन्तर्गत सडकमा माग्न बसेका व्यक्तिलाई उद्धार गरेर स्क्रीनिङ सेन्टरमा लैजाने गरिएको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ ।

सहयोग नचाहिने तर माग्ने व्यक्तिहरूको व्यवस्थापनका विषयमा कुरा गर्दै उहाँले, उहाँहरूलाई सीप सिकेर उद्यमी बन्न प्रोत्साहित गरिने, आवश्यकताका आधारमा महानगरपालिका आफैँले सीपमूलक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

उद्धारका क्रममा वडा नं १५ स्वयम्भूको कारखाना चोकबाट १२ जनालाई उद्धार गरिएको छ । मानवसेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार दुई जना महिला, आठ जना पुरुष र दुई जना बालकलाई उद्धार गरिएको हो । यसरी उद्धार गरिएका व्यक्तिमा मकवानपुर ठेगाना भएका ६५ वर्षकी काली तामाङ, ओखलढुङ्गा सिञ्चोक गाउँपालिका घर भएकी २८ वर्षकी योगिता स्याङ्तान र ६० वर्षका कुर्मीमान स्याङ्तान, धादिङ गाउँपालिका घर भएका ४८ वर्षका कान्छा तामाङ हुनुहुन्छ ।

यस्तै वुटवल देवनगर ठेगाना भएका २८ वर्षका इन्द्र कुवाँबोटिया, भारतको उत्तरखण्ड भेउनाका १७ वर्षका विकास चौधरी, सल्यान कपुरघाट गाउँपालिकाका २८ वर्षका दूर्गा वोहोरा, धादिङको मञ्जमजुवा गाउँपालिकाका ६२ वर्षका कुर्मी तामाङ, हेटौँडा सातमोडेका ४६ वर्षका शिव क्षेत्री र धादिङ गजुरीका ५५ वर्षका रमाबहादुर गुरुङ हुनुहुन्छ । बालकहरूमा शाही थरका १३ वर्षका र भुजेल थरका १५ वर्षका बालक छन् ।

कामपाले महानगरपालिकाले २०७४ साल मङ्सिर १ गते मानवसेवा आश्रमसँग सम्झौता गरेर सडक सहयोगापेक्षी मानव व्यवस्थापनको काम थालेको हो । पछिल्लो समय कामपाले यसलाई तीव्रता दिएको छ । रासस