२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरको सिंगा ओभल मैदानमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो। ओमानका लागि कप्तान सुफ्यन महमुदले सर्वाधिक ३८ रन जोडे भने अब्दुलजलिल खानले १६ र जुबाइर अली अकबरले २२ रनको योगदान दिए।

९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुआत गर्दै ९.२ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ७ चौका र १ छक्कासहित अविजित ४४ रन बनाए। ओपनर कुशल भुर्तेलले २० रन जोडे भने कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका लागि करण केसीले ३ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे। त्यस्तै साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएर टोलीको जितमा योगदान गरे।

यस जितसँगै नेपाल एसियाली खेलकुदका लागि छनोट भइसकेको छ। सेमिफाइनल पुगेका अन्य तीन टोली पनि एसियाली खेलकुदका लागि छनोट भएका छन्। अब नेपालले उपाधिका लागि सोमबार हुने हङकङ र मलेसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल अब उपाधि जित्ने लक्ष्यसहित फाइनलमा मैदान उत्रनेछ ।