९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

६० हजार रुपैयाँ घुस लिने प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा

६० हजार रुपैयाँ घुस लिने प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले बिहीबार प्रहरी चौकी गन्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । अख्तियारका अनुसार भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै कलवारले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

घुस माग गरेको सम्बन्धमा अख्तियारमा उजुरी परेपछि आयोगको टोलीले कलवारलाई ६० हजार रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योगअगाडिबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पाँच हजारमै बिके प्रहरी, भन्सारमा अड्को: यसअघि गत ६ कात्तिकमा अख्तियार टोलीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट पाँच हजार रुपैयाँ घुससहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको थियो । सीमानजिकको भारतीय बजार वनवासाबाट मालसामान ढुवानी गरी ल्याउने क्रममा भन्सार शुल्क तिरेपछि पनि प्रहरी जवान दीपक चौधरीले व्यवसायीबाट घुस मागेका थिए ।

उनीविरुद्ध उजुरी परेपछि अख्तियारको टोलीले भीमदत्त नगरपालिका–११ स्थित नेपाल–भारत सिमानाको ७ नम्बर पिल्लरनजिकैबाट पाँच हजार रुपैयाँ घुससहित चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

भन्सार तिरेर मालसामान ल्याइसकेपछि पनि घुस मागेको यस्तै घटनामा अख्तियारले १७ असोजमा कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरीलाई पनि रंगेहात पक्राउ गरेको थियो । अख्तियारको कार्यालय कञ्चनपुरको टोलीले चौधरीद्वयलाई सेवाग्राहीसँग २० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

त्यस्तै, गत ३० असोजमा अख्तियारले अस्थायी प्रहरी पोस्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई रंगेहात पक्राउ गरेको थियो । नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिने बहानामा उनले सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएका थिए ।

दुर्घटनाको मुद्दा मिलाउन पनि घुस:गत २९ असोजमा अख्तियारले महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग¥यो । उनले सवारी दुर्घटना मुद्दा सहमतिबमोजिम मिलापत्र भइसकेपछि पनि मिलापत्र गराइदिएको भन्दै त्यसबापतको खर्च भनी पाँच हजार रुपैयाँ घुस मागेका थिए । अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

बिमा सिफारिस गराइदिएबापत पनि घुस:अख्तियारले ७ कात्तिकमा रुपन्देहीको इलाका प्रहरी कार्यालय मंगलपुरमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध मुद्दा दायर ग¥यो । जिसीले बिमा सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए । यसबापत उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई १३ असोजमा कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट