९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तीनवटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

तीनवटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान
अ अ+ अ-

काठमाडौँ । सरकारले पोखरा, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तीनवटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो आह्वान गरेको हो । यसअघि पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयका लागि आवेदन आह्वान गरिएको थियो । आवेदनका आधारमा रोस्टर तयार गर्ने र त्यसबाट योग्य व्यक्तिलाई उपकुलपतिका रूपमा सिफारिस गर्ने नयाँ अभ्यासको थालनी गर्न लागिएको हो ।

चारवटा विश्वविद्यालयका उपकुलपति छनोट समितिमा रहेका राष्ट्रिय योजना आयोगका सदस्य प्रा।डा। उषा झाले इच्छुक नहुनेलाई जबरजस्ती पठाउँदा काम नगर्ने पनि हुन सक्ने भएकाले इच्छुकहरूको रोस्टर तयार गर्न लागिएको तर्क गरे । उनले थप्दै भने, “हिजो आफ्नालाई सीधै उपकुलपति बनाइन्थ्यो, अब त्यो परिपाटीभन्दा माथि उठौँ भनेर योग्य व्यक्तिहरूसँग आवेदन मागिएको हो । यतिसम्मको अभ्यास थाल्न पनि निकै सङ्घर्ष गर्नुपर्यो । ”

इमानदारीका साथ काम गर्न वैयक्तिक विवरण मागिएको बताउँदै उनले भने, “इच्छा नहुनेलाई जिम्मेवारी नदिऔँ भन्ने मान्यता हो । आवेदनका आधारमा इच्छुकलाई जिम्मेवारी दिइयो भने काम गर्ने छन् । अब हाम्रो मान्छे होइन, राम्रो मान्छेलाई नै जिम्मेवारी दिइनुपर्छ । ” दुई दिनअघि पूर्वाञ्चल, कृषि र नेसंविका लागि आवेदन माग गरेकोमा चार जनाले आवेदन दिएको शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जानकारी दिए । गोरखापत्र दैनिकबाट