६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान मेस्सी राष्ट्रिय टिममा फर्किए



अ+ अ-

कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् । यसैगरी अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मेस्सीलाई टिममा राख्दै मुख्य प्रशिक्षक लियोनल स्कालोनीले २६ सदस्सीय टिमको घोषणा गरेको छ ।

नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्दैछ । कोपा अमेरिकाले महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि गत साउनमा मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले भ्रष्ट्राचारको आरोप लगाएका थिए । तेस्रो स्थानको पदक लिन समेत मेस्सीले अस्विकार गरेका थिए ।

कोपामा सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित हुदै अर्जेन्टिना उपाधि होडबाट बाहिरिएको थियो । मेस्सीले सो खेलमा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाएका थिए । प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।