१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणितको यस्तो सानो प्रश्न, जसले इन्टरनेटमा मच्चायो हंगामा



अ+ अ-

काठमाडौं । गणित यस्तो विषय हो जसबाट अधिकांश विद्यार्थी टाढा भाग्दछन् । उनीहरुको लागि गणित टाउको दुखाइबाहेक अरु केही पनि होइन । यद्यपि, सजिलै हल गर्न सकिने छोटा प्रश्नमा भने सबै रुचि राख्दछन् । यदि, त्यही छोटो प्रश्नको कुनै सही उत्तर मिलेन भने ?

हाल सामाजिक सञ्जालमा एक सामान्य प्रश्न निकै भाइरल भइरहेको छ । यसको उत्तरलाई लिएर प्रयोगकर्ताहरु दुई भागमा विभाजित भएका छन् ।

ट्विटरको एक एकाउन्टबाट गणितको एक सामान्य प्रश्न ‘8÷2(2+2)=?’ पोस्ट गरिएको थियो । यसपछि यसको दुई ओटा हल गर्ने विधि र दुई ओटा उत्तर अगाडि आएको छ ।

केही प्रयोगकर्ताले प्रश्नको उत्तर १ बताएका छन् भने अन्य प्रयोगकर्ताले १ उत्तर सुझाएका छन् । एक ट्वीटर प्रयोगकर्ताले यस प्रश्नको उत्तर १६ लेख्दै भनेका छन्, ‘तिमीहरुमध्ये धेरै गणितमा फेल भएका हुन सक्छौ र यो यहाँ देखिँदै छ ।’ अर्का एक ट्वीटर प्रयोगकर्ताले यसको उत्तर दिँदै भनेका छन्, ‘मसँग गणितको दुईओटा डिग्री छ र यसको उत्तर १ हुन्छ ।’

यसपछि प्रश्नको सही उत्तरलाई लिएर बाँकी प्रयोगकर्ताले पनि आआफ्नो प्रतिक्रिया दिएका छन् । केहीका अनुसार १६ सही उत्तर हो भने केही १ मा नै अडिग देखिए ।

सबैभन्दा पहिला ब्राकेटको हल

इन्टरनेटमा हंगामा मच्चाइरहेको यो प्रश्नाई लिएर एक गणितका जानकार व्यक्तिले भने, ‘वास्तवमा यो प्रश्नलाई हल गर्ने दुईओटा तरिका छन् ।’ युनिभर्सिटी अफ म्यानचेस्टरका अप्लाइड म्याथ्सका प्राध्यापक डा। थोमस हाउस भन्छन्, ‘प्रश्न हल गर्दा ब्राकेटलाई कसरी हल गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’ उनका अनुसार गणितमा सबैभन्दा सजिलो तरिका भनेको सबैभन्दा पहिला ब्राकेटमा बन्द हिसाबलाई हल गर्नु हो । यस्तोमा सबैभन्दा पहिला 8÷2(2+2)=. 8÷2(4) हुन्छ । त्यसपछि गुणा गर्नुभन्दा पहिला भाग हुने चलनअनुसार 4(4)=16 हुन्छ । अर्थात् यो तरिकाले प्रश्नको उत्तर १६ आउँछ ।

१ उत्तर आउनुको कारण

ब्राकेटलाई अर्को तरिकाले खोल्ने हो भने उत्तर १ आउँछ । किनकि, केही मानिस भाग गर्नुभन्दा पनि पहिला ब्राकेटको अंकलाई बाहिरको अंकसँग गुणा गरेर ब्राकेट हटाउँछन् । यस्तो गर्दा अघिल्लो तहमा 8÷8 हुन्छ । यसरी उक्त प्रश्नको उत्तर १ आउँछ । विशेषज्ञका अनुसार यस्तो अवस्थामा कम्प्युटरको भर पर्ने गरिन्छ । किनकि, कम्प्युटरले खास विधिद्वारा यसको हल गर्दछ । यसअनुसार प्रश्नको उत्तर १६ आउँछ ।

यस भ्रमलाई हटाउन केही प्रयोगकर्ताले प्रश्नलाई सही ढंगले लेख्नुपर्ने आवश्यकता औंल्याए । यस्तोमा प्रश्नलाई 8÷(2(2+2)) लेखेमा भ्रम नरहने उनीहरुको ठहर छ । तपाईंले यस प्रश्नको हल कसरी गर्नुभयो रु कतै तपाईंमा सधैं क्याल्कुलेटरमै भर पर्ने बानी त छैन ?

खरिबोटबाट