९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राजपाको पाँच तहका तदर्थ समिति गठन गर्ने पर्यवेक्षक

राजपाको पाँच तहका तदर्थ समिति गठन गर्ने पर्यवेक्षक
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टीले २४ देखि ३० कात्तिकसम्म पाँच तहका तदर्थ समिति गठन गर्ने निर्वाचनका लागि पर्यवेक्षक खटाएको छ । राजपाले निर्देशिका बनाएर २४ कात्तिकमा सबै वडा, २६ गते सबै पालिका, २८ गते सबै प्रदेश सभा र प्रतिनिधिसभा तथा ३० कात्तिकमा जिल्लाको तदर्थ समिति गठनका लागि मिति तय गरेको छ ।

निर्देशिकाले अध्यक्ष मण्डल रहेका तल्ला तहका समितिमा एकल नेतृत्वको व्यवस्था रहेको छ ।तदर्थ समितिको निर्वाचन सम्पन्न गर्न ५२ जिल्लाका केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जानकारी दिए । ठाकुरद्वारा जारी विज्ञप्तिअनुसार पर्यवेक्षकमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई जिम्मेवारी दिइएको छ ।

राजपाले जिम्मेवारी तोकेका पर्यवेक्षकलाई कसरी तदर्थ समिति गठन गर्ने भन्ने विषयमा १९ कात्तिकमा केन्द्रमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा हुने प्रशिक्षण कार्यक्रममा कसरी निर्वाचनमा समन्वय गर्ने, पर्यवेक्षकको निर्वाचनमा भूमिका के हुने र विवाद परेमा समाधान गर्न के–केसम्म गर्न सक्ने कुन प्रक्रिया अपनाउने भन्नेबारेमा प्रशिक्षण दिइने महासचिव केशव झाले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट