६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर र रोमाको साँघुरो जित



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान र रोमाले जित निकालेका छन् । शनिबार राति भएको खेलमा बोलोग्नालाई इन्टरले २–१ गोल अन्तरले पराजित गर्यो । इन्टरको जितमा रोमेरो लुकाकुले दुई गोल गरेका थिए । बोलोग्नाका रोबर्टो सोरियानोले एक गोल फर्काए । जितसँगै लिगको दोस्रो स्थानमा रहेको इन्टरले ११ खेलबाट २८ अंक जोडेको छ ।

१२ अंक जोडेको बोलोग्ना लिगको १२ औं स्थानमा छ । यस्तै रोमाले नापोलीलाई २–१ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा रोमालाई जित दिलाउन निकोलो जानिलो र जोर्डन भेरेटोउटले एक एक गोल गरेका हुन् ।

नापोलीका एरिक मिलिकले एक गोल फर्काएका थिए । जितसँगै रोमा २२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । १८ अंक जोडेर नापोली छैटौं स्थानमा छ ।