६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी लिग्टले पुर्याए युभेन्ट्सलाई शीर्ष स्थानमा



अ+ अ-

युभेन्ट्स सिरि ‘ए’ फुटबलमा पुन शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टुरिनोलाई १–० गोल अन्तरले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।युभेन्ट्सका लागि एक मात्र गोल म्याथिज डी लिग्टले खेलको ७० औ मिनेटमा गरेका थिए ।

उनैको गोलमा युभेन्ट्सले तीन अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको हो । उनी यसै सिजन ६७.५ मिलियन पाउण्डमा सिरि ‘ए’ क्लब आएका थिए । क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गोलका दुई सुन्दर अवसर गुमाएका थिए । तर गोन्जालो हिग्युनको पासमा डी लिग्टले युभेन्ट्सको खाता खोलेका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ११ खेलबाट २९ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग एक अंकको अग्रता लिएको छ । टुरिनो ११ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।