६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित



अ+ अ-

वेलिङ्टन । न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी २० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ ।

यसअघि गत शुक्रबार भएको पहिलो टी २० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको थियो । आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । न्यूजील्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१ रन तथा जिम्मी निशामले २२ बलमा ४२ रन बनाएका थिए । निशामले चार छक्का प्रहार गरेका थिए ।

जवाफमा इङ्ल्यान्डको टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । चार विकेटमा ९१ रन बनाएको इङ्ल्यान्डले १५५ रनमा सबै विकेट गुमाएको थियो । न्यूजील्यान्डका लागि मिचेल सान्ट्नरले २५ रन खर्चेर तीन विकेट तथा टिम साउदी, लकी फर्गुसन र ईस सोढीले दुई दुई विकेट लिएका थिए ।
अन्तिम टी२० खेल आगामी मंगलबार नेल्सनमा खेलिने छ ।