९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सातवटा सुरुङमार्ग बन्दै यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाउने तयारी

सातवटा सुरुङमार्ग बन्दै यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाउने तयारी
अ अ+ अ-

काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ । सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ ।

सरकारले हालै मात्र नागढुंगा–सिस्नेखाला २.६८ किलोमिटर सुरुङमार्गको शिलान्यास गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सुरुङमार्ग ४२ महिनाभित्र बनिसक्नेछ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्म साढे ८ किमि छ । सुरुङमार्ग बनेपछि दूरी घटेर करिब ४ किमिमा झर्नेछ । गत ४ कात्तिकमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यासका क्रममा मन्त्री महासेठले यो आर्थिक वर्षमा ७ वटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउने सम्बन्धित निकायलाई निर्देशन दिई सकेको जानकारी गराएका थिए ।

उनले अब सुरुङमार्ग निर्माणले गति लिने समेत जनाएका थिए । ‘अब सरकारको प्राथमिकता भौगोलिक अवस्थाले केही असहज देखिएको सडकमार्गमा सुरुङको सहायताले सहज बनाउनेतर्फ रहने छ,’ उनको भनाइ थियो । सरकारले सिद्धबाबा, थानकोट–चित्लाङ, कुलेखानी–भीमफेदी, गोदाबरी–मानेचौर, बुटवल–नारायणगढको दाउन्ने उकालोमा सुरुङमार्ग बनाउन अध्ययन गरिने जनाएको छ । यसैगरी, कैलालीको खुटिया–बीपीनगर–दीपायल, कास्कीको हेम्जा–नयाँपुल, दोलखाको लामाबगर, खुर्कोट–चियाबारीमा पनि सुरुङमार्गको निर्माणका लागि अध्ययन थाल्ने मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार कोटेश्वर, नयाँबानेश्वर, गौशाला, चाबहिल, कालीमाटी, त्रिपुरेश्वर, थापाथलीसहित सात ठाउँमा आधुनिक ओभरहेड ब्रिज, अन्डर पास र सुरुङमार्ग बनाउने निर्णय भएको छ । गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो । यो समझदारी अनुसार टोखा–छहरे र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्ग बनाउन अध्ययन गरिनेछ ।

चिनियाँ प्राविधिक नेपाल आएर अध्ययन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सडक विभागले पनि विभिन्न स्थानमा सुरुङमार्ग बनाउन अध्ययन गर्दै छ । विभागले यो वर्ष सुरुङमार्ग अध्ययनका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’समेत बनाएको छ । राजधानी दैनिकबाट